6 years ago
December 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रभु जावलाखेल युवा क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग २०७६ मा पहिलो जित दर्ता गरेको छ ।

शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले सरस्वती युवा क्लबलाई १-० ले पराजित गर्यो । खेलको दशौं मिनेटमा ड्याडी जुनियर वाम्वाले गरेको गाेलनै जावलाखेलको जितमा निर्णायक बन्यो । विदेशी सहकर्मी फाेडे फाेफानाले दुई डिफेन्डरलाई बिट गर्दै दिएकाे पासमा वाम्बाको पहिलाे प्रयास असफल भएपनि दाेस्राे प्रयासमा उनले लड्दै गाेल गर्न सफल भएका थिए ।
त्यसअघि पाँचाै मिनेटमा जावलाखेलले गाेलकाे सुन्दर माैका खेर फालेकाे थियाे । १६औं मिनेटमा जावलाखेलका विजय घलानकाे प्रहार पाेष्टबाट बाहिरियाे । ५५ औं मिनेटमा अरुज सिंहकाे प्रहार बाहिरिदा जावलाखेलले अग्रता बढाउन सकेन ।

त्यसको दुई मिनेटपछि नै विजयको प्रहार क्रसबारमा लाग्दै फर्किएपछि रिबाउन्ड बलमा ड्याडीकाे हेडर गाेलरक्षक प्रदीप भण्डारीले सहजै बचाईदिए । ६५ औं मिनेटमा सरस्वतीका कृष्ण रानाभाटकाे प्रहार बाहिरिदा बराबरीबाट चुक्याे ।
यस जितसँगै पहिलो खेलमा रुस्लान थ्री स्टारलाई बराबरीमा रोकेको जावलाखेल लिगको शीर्षस्थानमा रहेको च्यासलसँग अंक बराबरी गर्न सफल भएको छ । जावलाखेल र च्यासलको समान ४-४ अंक छ । अंकविहिन सरस्वती भने लगातार दोस्रो हारसँगै अंक तालिकाको पुछारमा छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]