युरोपियन फूटबलमा हरेक ट्रान्सफर विन्डो नजिकिदै गर्दा हरेक दिन कुनै न कुनै ठुलो खेलाडी ठुलो क्लबसँग जोडिनु कुनै नौलो कुरा हैन । मेसी, नेमार,रोनाल्डो जस्ता खेलाडीको अर्को क्लबमा जोडिने हल्ला चल्नुपनी समान्य हो ।
यि हुन बिगतका केहि घण्टामा भएका ट्रान्सफरका हल्लाहरु :
– बार्सेलोनाले भ्यालेन्सियाबाट आन्द्रे गोमेसलाई आबद्द गर्न चाहेको छ, ४०मिलियन रिलिज क्लज भएका खेलाडी भित्र्याउन बार्साले टेल्लो र हेलिलोभिचलाई पनि प्रयोग हर्ने छ ।
– प्रिमियर लिग बिजेता कान्टेलाई भित्र्याउन रियल म्याड्रीड आतुर देखिएको छ । रियल मड्रीडमा उनको भूमिकामा कास्मिरोमात्र भएकोले जिदान टिम बलियो बनाउन लागी परेका छन ।
– चेल्सीले बेल्जियमका नाङ्गोलनलाई तेस्रो पल्ट प्रस्ताब गर्ने बुझिएको छ, रोमाले चेल्सीको पछील्लो दुई प्रस्ताब अस्विकार गरेको थियो ।
– लुकाकुलाई मिलानले भित्र्याउन कोसिस गर्ने छ, पछील्लो केहि सिजनमा खस्केको मिलान चाईनिज स्वामित्व पश्चात टिम मजबुत बनाउन लागी परेको छ ।