default_image

4 years ago

December 25, 2019

लेवान्डोस्की २०१९ का सर्वाधिक गोलकर्ता

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्की विश्व फुटबलको शीर्ष श्रेणीअन्तर्गत सन् २०१९ मा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । लेवान्डोस्कीले पोल्यान्डका राष्ट्रिय टोली र क्लब फुटबल गरेर कुल ५४ गोल गरे । यसक्रममा उनले ५८ खेल खेलेका थिए । पछिल्लो दशक यस स्थानमा क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीले दवाव कायम गर्दै […]

46 views

0 Bookmark

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्की विश्व फुटबलको शीर्ष श्रेणीअन्तर्गत सन् २०१९ मा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

लेवान्डोस्कीले पोल्यान्डका राष्ट्रिय टोली र क्लब फुटबल गरेर कुल ५४ गोल गरे । यसक्रममा उनले ५८ खेल खेलेका थिए । पछिल्लो दशक यस स्थानमा क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीले दवाव कायम गर्दै आएका छन् । सन् २००९ मा एडिन जेको र सन् २०१७ मा ह्यारी केनपछि रोनाल्डो र मेस्सीबाहेक यस सुचिको शीर्षस्थानमा रहने लेवान्डोस्की मात्र हुन् ।

यस वर्ष दोस्रो स्थानमा बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी रहेका छन् । मेस्सीले यसवर्ष ५८ खेल खेल्दै ५० गोल गरेका थिए । उनले कोपा अमेरिकामा गरेको व्यवहारका कारण कारवाही भोग्दै ४ खेल प्रतिबन्धमा समेत परेका थिए ।

सर्वाधिक गोलकर्ता सूचिको तेस्रो स्थानमा किलीयन एमबाप्पे रहेका छन् । उनले पेरिस सेन्ट जर्मेन र फ्रान्सेली राष्ट्रिय टोली गरेर कुल ४९ खेलमा ४४ गोल गरे । चौथो स्थानमा म्यानचेस्टर सिटीका रहिम स्टरलिङ रहेका छन् । यस वर्ष ४१ गोल गरिसकेका उनले अझै एक खेल खेल्न बाँकी छ ।

विगतको तुलनामा केहि कमजोर प्रदर्शन रहेपछि इटालियन च्याम्पियन युभेन्टसका फरवार्ड रोनाल्डो ५० खेलमा ३९ गोल गर्दै पाँचौ स्थानमा छन् । स्कटिस क्लब रेन्जर्सका फरवार्ड अल्फ्रेडो मोरेलोसले ५३ खेलमा ३८ गोल गरेका छन् ।

युरोपेली फुटबलबाहिर चिनियाँ क्लब ग्वान्झाउका इजरायली फरवार्ड एरान जहाभीले ४० गोल गरेका छन् । अमेरिकी लिग खेल्दै आएका मेक्सिकन फरवार्ड कार्लोस भेलाले पनि ३८ गोल गरेका छन् ।

April 30, 2024

एन्फाको यूके भ्रमण : टोली बाहिरका २० जना आफ्नै खर्चमा जाने तयारी

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को साता बेलायतमा (यूके) मा हुने मैत्रीपूर्ण खेलका लागि २३ खेलाडी र ७ टिम अफिसियलसँगै अन्य ५ भीआइपी र १५ जनाको लागि भिसा प्रक्रियाका लागि अनुरोध गरेको तथ्य आएको छ । एन्फाले टोलीमा रहेका ३० जनाबाहेक अन्य २० जनाको भने खर्च नबेहोर्ने जनाएको छ । आफ्नै […]

April 30, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा आज स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख भिड्दै छन् । बायर्नको घरेलु मैदान आलियान्ज अरिनामा हुने खेल राती १२:४५ बजे सुरु हुनेछ । यी दुई टोली पछिल्लो पटक २०१८ को च्याम्पियन्स लिग सेमिफाइनलमा र २०१७ को क्वाटरफाइनलमा एकअर्का सँग भिडेका थिए । दुवै पटक […]

April 30, 2024

भिसा नभएका कारण राष्ट्रिय फुटबल टोली बेलायत उड्न पाएन!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली भिसा नभएका कारण बेलायत भ्रमणका लागि उड्न पाएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीलाई भव्य समारोहबीच बिदा गरेपनि टोली भिसा नभएको कारण उड्न नपाएको हो । भिसा नआएका कारण मंगलबार विहान ९ बजे उड्ने भनिएको टोली निर्धारित उडान समयसम्म पनि होटेलमै रहेको छ […]

Success

Thank you for your time.