9 years ago
June 30, 2016
लन्डन (एजेन्सी)- इङ्ल्यान्डका यु २१ का प्रशिक्षक गारेथ साउथगेट राष्ट्रिय टोलीको प्रशिक्षक बन्न खासै इच्छुक नरहेको बताइएको छ । युरोपियन च्याम्पियनसिपको प्रिक्वारर्टरफाइनलमा आयसल्यान्डसँग २–१ को अप्रत्यासित हारपछि रोय हड्सनले प्रशिक्षक पदबाट राजीनामा दिएका थिए । उनी पछिल्ला चार बर्ष उक्त पदमा थिए ।
४५ बर्षे साउथ गेटलाई प्रशिक्षकका लागि अहिले सम्म प्रस्ताव पनि नराखिएको र उनले पछिल्लो सातायता फुटबल संघसँग छलफल गरेका छैनन् । संघले साउथगेटलाई अन्तरिक रुपमा हड्सनको उत्तराधिकारी बनाउन खोजेको छ । संघका प्रमुख कार्यरकारी मार्टिन ग्लेनले विश्वकप छनोटअघि नै नयाँ प्रशिक्षक नियुक्त गर्न चाहेको बताएका छन् । इङ्ल्यान्डले सेप्टेम्बर ४ मा स्लोभाकियासँग छनोट खेल्नेछ ।
ग्लेनले उपयुक्त व्यक्ति उपलब्ध नहुँदा सम्म साउथ गेट अन्तरिम प्रशिक्षकका लागि स्वभाविक छनोट भएको जनाएका छन् । नयाँ प्रशिक्षकका लागि विदेशी प्रशिक्षक नियुक्तको सम्भावना रहेको प्रुमख कार्यकारी ग्लेन बताए ।
आर्सनलका आर्सन वेङ्गर नयाँ प्रशिक्षकको सुचिमा रहेको छन् । वेङ्गरको आर्सनलसँगको सम्झतौ यो सिजनको अन्त्यमा सकिदैछ । पेरिस सेन्ट जर्मेनका पूर्व प्रशिक्षक लाउरेन्ट ब्लान्स पनि नयाँ प्रशिक्षकको सुचिमा रहेका छन् ।
नयाँ प्रिशिक्षक छनोटको नेतृत्व ग्लेनले गर्ने छन् भने अन्य सदस्य संघका सदस्य डेभिड गिल र प्राविधिक निर्देशक डान आसवर्थ छन् । साउथ गेटले सन् २०१३ देखि यु २१ टोलीलाई प्रशिक्षण दिदै आएका छन् ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]