6 years ago
December 28, 2019
काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित हासिल गरेको छ ।
दशरथ रंगशालामा शनिबार एपिएफलाई १–० ले हराउँदै थ्री स्टारले दोस्रो जित आत्मसात गरेको हो । तेस्रो चरणको समाप्तीमा थ्री स्टार अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।
३ खेलमा थ्री स्टार ७ अंकका पुगेको छ । ६ अंक जोडेको मछिन्द्र तेस्रो स्थानमा झरेहेको छ । मनाङ मस्र्याङ्दी क्लब ९ अंकसहित शीर्षस्थानमा छ ।
राष्ट्रिय टोलीका सदस्य समेत रहेका रक्षक अनन्त तामाङले खेलको १५ औं मिनेटमा गरेको गोलको निर्णायक बनेको थियो ।
मिक्छेन तामाङले झन्डै २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकमा अनन्तले हेड गोल गरेका थिए । सुमन श्रेष्ठलाई एपिएफका खेलाडीले फाउल गरेपछि थ्री स्टारले फ्रिकिक पाएको थियो ।
त्यसअघि एपिएफका प्रविण स्याङ्तानले प्रहारलाई थ्री स्टारका विदेशी गोलरक्षक प्रिसोले जोगाएका थिए । १० औं मिनेटमा थ्री स्टारका सुशील राईको पासमा हम्जाताको प्रहार पोष्ट नजिकबाट बाहिएको थियो । यसअघिको जितमा सुशीलले गोल गरेका थिए ।
३० औं मिनेटमा मिक्छेनको कर्नरमा कप्तान विक्रम लामाको हेडर बाहिरियो । ३६ औं मिनेटमा दिपेश घलेको बक्स बाहिरको सशक्त प्रहार क्रस बारमा लागेर बाहिरिदा थ्री स्टारले अग्रता दोब्बर पार्ने अवसर खेर फाल्यो ।
६४अाैं मिनेटमा कप्तान नवीन लामाकाे फ्रिकिक पाेष्टबाट अाकासिदा एपीएफले खेललाई बराबरी गर्ने अवसर खेर फाल्याे । ७४अाैं मिनेटमा कप्तान विक्रमको प्रहार एपीएफका गाेलरक्षक अमृत चाैधरी ले मुस्किलले बचाउदा थ्री स्टारले अग्रता दाेब्बर पार्नबाट चुक्याे ।
७७अाैं मिनेटमा थ्रीस्टारका सुशीलको प्रहारले पाेस्टकाे दिशा लिन सकेन । ८५अाैं मिनेटमा मिक्छेनको फ्रिकिक क्रसबारमा लागेर फर्कदा थ्री स्टार चुक चुकायाे । ९०अौं मिनेटमा एपीएफका अाशिष लामाकाे फ्रिकिक पाेष्टबाट थाेरै बाहिरिदा बराबरीबाट चुक्याे ।
पहिलो खेलमा जावलाखेलविरुद्ध गोलरहित बराबरीमा रोकिएको थ्री स्टारले दोस्रो राउन्डमा विभागीय नेपाल पुलिस क्लबको चुनौती १–० ले पाखा लगाएको थियो । एपिएफले जारी लिगमा दोस्रो हारको सामना गरेको छ ।
पहिलो खेलमा साविक विजेता मनाङसँग २–० ले पराजित भएको एपिएफ दोस्रो खेलमा यति हिमालयन शेर्पासँग १–१ गोलको बराबरीमा रोकिएको थियो । ३ खेलमा एपिएफको १ अंक छ । लिगमा आइतबार कुनै पनि खेल छैनन् ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]