6 years ago
December 31, 2019
नेपाली फुटबलको शीर्ष डिभिजन लिगमा १ सय गोल पूरा गर्नबाट मात्र १ गोल टाढा छन् सन्तोष साहुखल । च्यासल युवा क्लबका कप्तान समेत रहेका सन्तोषले लिगको सुरुवाती २ खेलमा ३ गोल गर्दै गोलसंख्या ९९ पुर्याए । पहिलो खेलमा संकटाविरुद्ध २ र दोस्रोमा मछिन्द्रविरुद्ध १ गोल गरेका उनले त्यसयता दुई खेलमा गोल गर्न सकेका छैनन् ।

संकटा र एनआरटिको तुलनामा पछिल्ला दुवै प्रतिद्वन्द्वी कागजमा हेर्दा सहज देखिन्छन् । न्यू रोड टिम (एनआरटि) सँग च्यासल २-१ ले पराजित भयो भने जावलाखेलसँगको २-० को हार बेहोर्यो । पहिलो खेलमा संकटाविरुद्ध उत्कृष्ट देखिएको च्यासलको खेल दिन प्रतिदिन खस्कँदै गएको छ । मिडफिल्डबाट आक्रमणसम्म बिरलै बल आएको छ । विपक्षी टोलीले पोसेसनमा दवाव कायम गर्न थालेका छन् । तीनमध्य एक विदेशी खेलाडी अब लिगमा नफर्कने गरि जापान फर्किसके ।
लिग सुरु हुनुअघिको पत्रकार सम्मेलनमा प्रशिक्षक बालगोपाल साहुखलको भनाइ र टोलीको पहिलो खेलमा प्रदर्शन हेर्दा च्यासल उपाधिकै दावेदारको रुपमा दरिएको थियो । दोस्रो खेलमा मछिन्द्रविरुद्ध पनि च्यासलले राम्रो प्रदर्शन गरेको थियो । सन्तोषको गोलमा पहिलो हाफमै अग्रता लिएको च्यासलले अन्तिम समय गोल खाँदा अंक बाँड्नुपरेको थियो । त्यसपछि भने लगातार दुइ खेलमा च्यासलले नतिजा निकाल्न सकेको छैन । नतिजामात्र होइन, च्यासलको प्रदर्शन पनि त्यहिअनुसार घटेको छ ।

सन्तोषलाई १ सय गोल गर्ने दवावले टोलीको प्रदर्शन खस्किएको हो कि भन्ने प्रश्न सबैमा छ । तर प्रशिक्षक बालगोपाल र कप्तान सन्तोष दुवै यसमा सहमत छैनन् । बालगोपालले जावलाखेलविरुद्ध हारपछि सन्तोषको गोलबारे हालसम्म पनि छलफल नभएको खुलाए । ‘ हामीले अहिलेसम्म टिममा सन्तोषको गोललाई लिएर छलफल गरेका छैनौं । मैदानमा गएपछि खेलाडीले आफैं त्यसो सोच्छन् भने मैले भन्न सक्दिन,’ उनले भने, ‘ हाम्रो टोली पछिल्लो समय केहि अल्छी देखिएका छन् । बलमा राम्रोसँग भिडिरहेका छैनन् । मनोबल नै गिरेको हो कि भन्ने देखिएको छ र अब प्रशिक्षणमा केहि मिहिनेत गर्नुपर्ने देखिन्छ ।’
बालगोपालका अनुसार टोलीले नै राम्रो खेल्न नसक्दा नतिजामा असर परेको बताए । ‘ हामीले राम्रो खेल्न सकिरहेका छैनौं । बल पोसेसन होस् या एयर बल, हामीले सबै पक्षमा पछाडी परेका छौं । जापानी खेलाडी शारीरिक रुपमा बलियो नहुँदा केहि घाटा भएको छ । मिडफिल्डमा पनि कमजोर पक्कै देखिएको छ,’ उनले भने ।
जावलाखेलविरुद्ध सन्तोषले खेल अवधिभर बिरलै पेनाल्टी क्षेत्रभित्र बल पाए । अधिकांश समय मिडफिल्डकै वरपर रहेका उनले दोस्रो हाफमा मिडफिल्डबाट एक्लै बल अगाडी बढाएर लगेका थिए । तर उनको प्रहार पोस्टभन्दा थोरै परबाट बाहिरियो । विंगरद्वय अमिर श्रेष्ठ र सुनिल बलले बिर्सनलायक प्रदर्शन गर्दा मिडफिल्डका हेमन्त थापामगर र नितिन थापाले पनि आक्रमणसम्म बल पुर्याउन सकेनन् । जापानी खेलाडी हायातो वाकिनोले जावलाखेलको डिफेन्सलाई समस्या दिन नै सकेनन् ।

यता सन्तोषले पनि टोलीको प्रदर्शन खस्कंदा आफूले फरवार्ड भएपनि तल झरेर खेल्न बाध्य भएको बताए । ‘ टोलीको प्रदर्शन खस्केको कारण आफैंलाई पनि गाह्रो भइरहेको छ । मैले फरवार्ड भएपनि अझ तल झरेर टोलीलाई सहयोग गर्नुपरेको छ । यसले गर्दा गोल गर्न अवसर नै सिर्जना नभएको अवस्था छ,’ उनले भने ।
मछिन्द्रविरुद्ध खेलको अन्तिम समयमा सन्तोषले सामान्य चोट बोकेका थिए । मांशपेशीमा केहि समस्या आएपनि उनले अन्तिम समय मैदानमा नै रहेका थिए । त्यसपछि एनआरटिविरुद्ध खेलमा उनले खुलेर खेल्न नसकेको आभास गरिएको थियो । विपक्षी टोलीका प्रशिक्षक राजुकाजी शाक्यले त उनी पूर्ण फिट नै नरहेको भन्ने प्रश्न गरेका थिए । जावलाखेलका प्रशिक्षक नरेश थापाले पनि सन्तोषको लागि भनेर विशेष रणनीति बुनेको र त्यसमा आफू सफल रहेको बताए ।
च्यासलले अब सोमबार हुने खेलमा नेपाल पुलिस क्लबको सामना गर्दैछ । दशरथ रंगशालामा हुने उक्त खेलमा सन्तोषले सयौं गोल गर्ने अवसर फेरी पाउनेछन् । तर उनी पहिला टोलीको प्रदर्शनमा बढी चिन्तित छन् । ‘ हामीले अब पुलिसविरुद्ध पहिला राम्रो प्रदर्शन गर्नुपर्छ । त्यसपछि मात्र गोलको बारेमा सोच्ने हो । आशा सुरुवाती दुई खेलको लय अब आउने खेलमा समात्न सकिनेछ,’ सन्तोषले भने ।
यो पनि पढ्नुहोस : शतकको संघारमा ‘जर्सी नम्बर ९’
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]