default_image

6 years ago

January 1, 2020

पुलिससँग संकटा पराजित

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुुलिस क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । सुरुवाती २ खेलमा १ अंक जोडेको पुलिसले बुधबार संकटा क्लबविरुद्ध २–१ ले हराउँदै अंकतालिकामा ७ अंक पुर्याएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलको १५ औं मिनेटमा सुमन लामाको गोलबाट पुलिसले अग्रता लिएको थियो । गोलरक्षक र डिफेन्सबीच तालमेल नमिल्दाको अवस्थामा सुमन लामाको ट्यापिङ प्रहार गोलमा परिणत भएको थियो । तर, त्यो अग्रता लामो समय टिकेन । १८ औं मिनेटमा प्राप्त पेनाल्टीलाई अमितले गोलमा परिणत गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।

पुलिसका अजित भण्डारीले पेनाल्टी बक्समा बल ह्यान्ड गरेपछि संकटाले पेनाल्टी पाएको थियो । ३३ औं मिनेटमा सुमनको अर्को गोलबाट पुलिसले २–१ को अग्रता लिएको थियो । प्रवेश कुँवरको क्रसमा सुमनले वान भर्सेस वानमा गोलरक्षक विनय श्रेष्ठलाई बिट गर्दै गोल थर्न सफल भएका थिए ।

६०औं मिनेटमा प्रलोद रोयको प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले मुस्किलले बचाए । ७१औं मिनेटमा सुमन क्रस पासलाई सौजन राईले पेनाल्टी बक्समा बल भेट्न सकेन । ८३औं मिनेटमा अमितको प्रहारलाई गोलरक्षक शत्रुधनले पञ्च गर्दै बचाए । रिवाउन्डमा दिपेश आलेमगरले प्रयास गरेपनि डिफेन्डरले क्लियर गरिदिए ।

८२औं मिनेटमा संकटाका लक्ष्मण रुचालको पेनाल्टी बकस बाहिरको प्रहार आकासियो । ८६औं मिनेटमा भोला सिलवालको कर्नरमा पुलिसका कप्तान सुमन सुवेदीको हेडर गोलरक्षक बिनय श्रेष्ठले पञ्च गर्दै बचाए । पुलिस पाँचौ स्थानमा उक्लेको छ भने ४ खेलमा ४ अंक जोडेको संकटा दसौं स्थानमा छ । लिगमा आजै दिउँसो ३ बजे त्रिभुवन आर्मी क्लब र रुस्लान थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.