default_image

4 years ago

January 1, 2020

‘हरेक खेललाई नकआउट जसरी लिएका छौं’– प्रशिक्षक थापा

26 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबका प्रशिक्षक अन्ततराज थापाले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगका हरेक खेललाई नकआउटका आधारमै लिएको बताएका छन् ।

‘हामी अहिले टोली निर्माणकोको क्रममा छौं । जितले ड्रेसिङ रुपलाई मोटिभेसन दिन्छ । थप उर्जा मिलेको हुन्छ,’ लिगमा बुधबार संकटा क्लबलाई २–१ ले हराएपछि प्रशिक्षक थापाले भने,‘ लिग भएपनि हामी हरेक एउटा खेललाई लिएर योजना बनाउँछौं , नकआउट जसरी खेलिरहेका छौं ।’

पछिल्लो दुई खेलमा लगातार जितेपछि उत्साहित देखिएका थापाले यो प्रदर्शनलाई निरन्तरता दिन सके अंक तालिकामा राम्रो स्थानमा लिग टुंगाउने आशा रहेको बताए । बराबरीबाट लिगको सुरुवात गरेको पुलिस अर्को खेलमा रुस्लान थ्री स्टार क्लबसँग १–० ले पराजित भएको थियो । यसअघिको खेलमा सरस्वती क्लबलाई हराउँदै पुलिसले पहिलो जित निकालेको थियो ।

संकटाविरुद्ध समयमा गोल निस्केकोले जित सम्भव भएको थापाले सुनाए । ‘स्कोर टाइममा निस्क्यो । हुन त हामीले गोल पनि लगत्तै खायौं । त्यसपछि अर्को गोल पनि समयमै निस्क्यौं,’ उनले खेलको विश्लेषण गर्दै भने,‘ हामीले लिगमा सबै टोलीलाई सम्मान गर्नै पर्छ । संकटाको बलियो पक्षलाई ध्यानमा राखेर योजना बनाएका थियौं । सुमन सुवेदीलाई उतारेका थियौं । तीनवटा लिबेरो खेलाउने निर्णय सायद टर्निङ प्वाइन्ट रह्यो ।’

लामो समयपछि अघिल्लो खेलमा पुनरामगन गरेका रविन श्रेष्ठ बुधबारको खेलमा थिएनन् । ‘सरस्वतीको खेलमा सामान्य घाइते भए । त्यसले आज खेलेनन्,’ थापाले भने,‘ सम्भवत अर्को खेलमा आउँछन् ।’ सुमन लामाले पहिलो हाफमा गरेको २ गोलको मद्दतमा पुलिस विजयी भएको थियो । उनले १५ औं र ३३ औं मिनेटमा गोल गरेका थिए । १८ औं मिनेटमा संकटाका लागि अमितले पेनाल्टीमा गोल फर्काएका थिए ।

संकटाका प्रशिक्षक विजय महर्जनले टोलीले ४ खेलमा सबैभन्दा खराब पुलिसविरुद्ध खेलेको बताए । ‘सायद दबाबमा परेर होला । हामीले लिगको सबैभन्दा खराब खेल्यौं,’ उनले भने,‘ यस्तो प्रदर्शनले आउने खेललका लागि पनि दबाब पर्छ ।’ ४ खेलमा संकटाको ४ अंक छ ।

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

Success

Thank you for your time.