default_image

6 years ago

January 2, 2020

सागको फाइनल सम्झाउने नवयुगको त्यो गोल !

167 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

१२ औं दक्षिण एसियाली खेलकुद (साग) को फुटबलमा नेपालले स्वर्ण पदक जितेको अबको डेढ महिनामा चार वर्ष पुरा हुँदैछ । भारतले नेपालमाथि नाकाबन्दी गरेको केहि महिनापछि गुवाहाटी र सिलोङमा १२ औं साग आयोजना भएको थियो ।

फुटबलको फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा तय थियो । फाइनलमा भारतलाई हराउँदै स्वर्ण पदक जितेर नाकाबन्दीको बदला लिनुपर्ने दबाब नेपाली टोलीमाथि थियो । तर नेपाल पहिलो हाफमै १–० ले पछि पारेको थियो । त्यस्तो अवस्थाबाट नेपाल खेलमा फर्कन सफल भयो । दोस्रो हाफमा नेपालको नाममा रह्यो ।

६५ औं मिनेटमा प्रकाश बुढाथोकीले बराबरी गोल गरेका थिए । त्यसको ५ मिनेटपछि नवयुग श्रेष्ठले गोल गरे । त्यहि गोल निर्णायक बन्यो र यू २३ सागमा खेल्न थालेको सागमा नेपाल पहिलो पटक च्याम्पियन बन्यो । त्यो गोलले नेपाललाई स्वर्ण पदक त दिलायो नै उनले जसरी गोल गरे त्यसले उनलाई लामो समय चर्चामा राख्यो । उनले हावामा उडेर गरेको त्यो गोलको अहिले पनि बेला बेलामा स्मरण गरिन्छ ।

त्यस्तै स्मरण ताजा गर्ने गरि उनले रुस्लान थ्री स्टार क्लबविरुद्ध जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा बुधबार गोल गरे । ५४ औं मिनेटमा पेनाल्टी बक्समा कप्तान भरत खवासले दिएको क्रसमा तत्काल रियाक्ट गर्ने क्रममा त्यसरी नै हावामा उडेर बललाई नवयुगले पोष्टको दिशा दिए । शक्तिशाली त्यो बलमा उनको कनेक्ट टाइमिङ पर्फेट थियो । सागमा गरेको त्यो निर्णायक गोलसँग बुधबार थ्री स्टारविरुद्धको गोल तुलना त हुन सक्दैन । तर, त्यो गोललाई एकपटक फेरि ताजा भने पक्कै गराएको छ ।

खेलपछि नवयुगले भने, ‘त्यो निकै माथि थियो । यो बल त्यति माथी थिएन ।  उचाईका हिसाबले त होइन तर जसरी गोल भयो, त्यो लगभग मिल्दो जुल्दो थियो ।’

जारी लिगमा गोलका लागि संघर्ष गरिरहेका नवयुग थ्री स्टारविरुद्ध गोल गर्न सक्दा दंग थिए । सन्तोष तामाङ नहुँदा मिडफिल्डमा दबाब रहेको स्वीकार्दै उनले भने, ‘एउटा खेलमा त मैले पनि मिडफिल्ड खेले । तर सन्तोष फर्केपछि खेल नै अर्को भयो । हामीले धेरै भन्दा धेरै बल पायौं ।’ अनुशासन तोडेको अभियोगमा डेढ महिनाको निलम्बन पछि सन्तोष बुधबारको खेलमा फर्किएका थिए । दोस्रो गोल उनै सन्तोषले गरेपछि आर्मीले थ्री स्टारमाथि २–० को जित निकालेको थियो ।

 

थ्री स्टारविरुद्धको खेलमा आफ्नो टोली निकै लयमा देखिएको उनले सुनाए । खेलपछि उनले भने, ‘मैले खेलकै दौरान साचें । आज एकदम फास्ट गेम थियो । दर्शकलाई आज खेलको टिभिमा हाइलाइट जस्तो लागेको होला जस्तो मैले महसुस गरेको थिए । आजको खेलमा हामीले निकै राम्रो खेल्यौं ।’

नवयुग साग वा त्यसअघिको जस्तो फर्ममा त्यसपछि कहिल्यै रहेनन् । उनले १२ औं सागमा फाइनलमा निर्णायक गोल गर्नुअघि समूह चरणमा भुटान र सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेका थिए । त्यसअघि बंगबन्धु गोल्डकपमा माल्दिभ्सविरुद्धको खेलमा पनि ह्याट्रिक गरेका थिए ।

अहिले भने कथा फरक भइसकेको छ । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले उनीमाथि भरोसा गरिरहँदा राष्ट्रिय टोलीका पहिलो रोजाईमा पर्न भने नवयुगले संघर्ष गर्नुपरिरहेको छ । उनले भने, ‘नयाँ भाईहरुले पनि राम्रो गरिरहेका छन् । त्यसैले मौका कम पाइन्छ । फुटबलमा यो स्वभाविक हो ।’

यो पनि पढ्नुहोस् : ‘नरोएको दिन थिएन’

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.