default_image

9 years ago

July 1, 2016

बेल्जियम र वेल्स भिड्दा नियाल्नु पर्ने ६ खेलाडीहरु

208 views

0 Bookmark

फ्रान्समा आयोजना भैरहेको युरो २०१६ अन्तर्गत सेमिफाइनलमा पुग्न आज हुने दोश्रो क्वार्टरफाइनल खेलमा बेल्जियम र वेल्स भिड्दैछन।

दुबै टोलीमा स्टार खेलाडीहरुको बाक्लो उपस्थिति हुने भएकोले गर्दा पनि खेल निकै रोमाञ्चकारी हुने अनुमान लगाउन सकिन्छ । यो दोस्रो क्वाटर फाइनलमा चम्कन सक्ने केहि खेलाडी हरु यस प्रकार छन ।

ग्यारेथ बेल

Gareth Bale

रियाल म्याड्रीडका स्टार मात्र नभएर , बेल यस प्रतियोगिताका भरपर्दो मद्धे एक खेलाडी हुन । प्रतियोगितामा ३ गोल गरी सकेका बेललाई रोक्न बेल्जियमका डिफेण्डर हरुलाई हम्मे हम्मे पर्ने छ । उच्च गतिले डिफेन्डरलाई बिट गर्ने बेललाई फ्री-किकमा रोक्न गाह्रो हुने छ ।

एस्ली विलियम्स

वेल्सका कप्तान एस्ली विलियम्स चोटबाट फर्किने समाचार वेल्सका समर्थकहरुलाई खुसीको खबर हुनेछ । ३१ बर्षिय विलियम्स स्वान्सी सिटीका डिफेन्डर आफ्नो अनुभवलाई उपयोग गर्दै टोलीलाई सेमी फाइनलामा डोर्‍याउने प्रयास गर्ने छन ।

जो एलेन

 

वेल्स बाट २८ खेल खेली सकेका जो एलेन टोलिको मेरुदण्ड को रुपमा खेल्ने छन । मिड्फिल्डमा होल्डिङ रोल पाउन सक्ने एलेन पोसेसन राख्न र बल वितरण गर्ने भूमिकामा देखिन सक्ने छन । लिभरपुलबाट व्यावसायिक फुटबल खेल्ने एलेन आफ्नो टोलीको लागि निकै महत्वपुर्ण खेलाडी हुन ।

इडेन हाजार्ड

hazard

चेल्सीमा अघिल्लो सिजनमा निकै खराब प्रदर्शन गरेर आलोचना बटुलेका हाजार्ड सिजनको अन्त्य तिर आफ्नो फर्ममा फर्केका थिए । त्यही फर्मलाई निरन्तरता दिदै कम्पनीको अनुपस्थितिमा कप्तानको भूमिका निर्वाह गरेका हाजार्ड वेल्स बिरुद्ध सक्रिय देखिने छन ।

केभिन डि ब्रुइन

De bruyne

२५ बर्षिय म्यान्चेस्टर सिटिका आक्रामक मिड्फिल्डर केभिन डि ब्रुइन सिटिबाट पहिलो सिजनमा आफ्नो प्रवाभ देखाउन सफल भए । गोल गर्ने र गोल सिर्जना गर्ने क्षमता राखेका डि ब्रुइन विरोधी टोलिका लागी खतरनाक साबित हुन सक्नेछन।

मिची बत्शुअयी

Michy

मार्सेलबाट चेल्सी आउने हल्लासंगै मिची मिडियामा छाउन सफल भएका छन । २२ बर्शिय मिचीले बेल्जियमबाट युरो कपको यस संस्करणमा १४ मिनेट मात्र खेल्दै १ गोल गरी सकेका छन । चेल्सीमा अनुबन्धको नजिक पुगेका ६ फिट अग्ला स्ट्राइकर  ३३ मिलियन पाउण्ड योग्य रहेको या नरहेको  कुरा आजको खेलले सङ्केत दिनेछ ।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.