default_image

6 years ago

January 8, 2020

बिबिसीविरुद्ध रुस्लान थ्री स्टारको अग्रता

167 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगमा बुधबार ब्रिगेड ब्वाइज क्लब (बिबिसी) विरुद्धको पहिलो हाफमा रुस्लान थ्री स्टार क्लबले २–० को अग्रता लिएको छ । थ्री स्टारका लागि सुसान श्रेष्ठ र अनन्त तामाङले गोल गरेका थिए ।

१४ औं मिनेटमा सुसान श्रेष्ठको गोलमा थ्री स्टारले अग्रता लिएको थियो । अशोक खवासको पासमा सुसानले सिक्स यार्ड बक्स भित्रबाट सहज गोल गरेका थिए । ४१ औं मिनेटमा अनन्तले गोल गरेका थिए । मिक्छेन तामाङको कर्नरमा अनन्तले हेडमार्फत गोल गरेका थिए ।
अघिल्लो खेलमा त्रिभुवन आर्मी क्लबसँग २–० को हार बेहोरेको थ्री स्टारले आज पहिलो हाफमै अग्रता लिएको छ ।
आठौ मिनेटमा थ्री स्टारका मिक्छेन तामाङको कर्नर पासमा दिपेश घलेले उपलब्ध गराएको क्रस पासमा कप्तान विक्रम लामाको हेडर पोष्टबाट थोरै बाहिरियो । लगत्तै नवौं मिनेटमा सुसानले गोलरक्षक अघि बढेको अव्सथामा वान भर्सेस वानमा गोलरक्षक विशाल सुनारलाई बिट गर्दै गरेको चिप प्रहारलाई बीबीसीका डिफेन्डर मनोज राईले गोललाईनबाट बचाउदा थ्री स्टार अग्रता लिनबाट चुक्यो ।
२८औं मिनेटमा दिपेशले गोल गर्ने सुन्दर मौका गुमायो । हम्जातको पासलाई नियन्त्रणमा लिदै गरेको प्रहारलाई गोलरक्षक विशालले बचाएपनि दोस्रो प्रयास आकासियो । २९औं मिनेटमा बीबीसीका पदम भट्टराईको प्रहार पोस्टबाट थोरै बाहिरिदा बराबरीबाट चुक्यो ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.