default_image

4 years ago

January 21, 2020

भारान –उमेर २६, ट्रफी १७

एजेन्सी –राफेल भारान रियल म्याड्रिडका महत्त्वपूर्ण खेलाडी हुन् । उनको उमेर भर्खर २६ वर्ष हुँदैछ । यो उमेरमा उनले १७ वटा ट्रफी जितिसकेका छन् । फ्रान्सका सेन्टर ब्याक भारान लेन्सबाट सन् २०११ मा १० मिलियनमा रियल पुगेका हुन् । रियलको इतिहासमा यति धेरै ट्रफी जित्ने उनी सबैभन्दा कान्छा खेलाडी हुन् । रियलकै करिम बेन्जेमाले १८ […]

35 views

0 Bookmark

एजेन्सी –राफेल भारान रियल म्याड्रिडका महत्त्वपूर्ण खेलाडी हुन् । उनको उमेर भर्खर २६ वर्ष हुँदैछ । यो उमेरमा उनले १७ वटा ट्रफी जितिसकेका छन् । फ्रान्सका सेन्टर ब्याक भारान लेन्सबाट सन् २०११ मा १० मिलियनमा रियल पुगेका हुन् । रियलको इतिहासमा यति धेरै ट्रफी जित्ने उनी सबैभन्दा कान्छा खेलाडी हुन् ।

रियलकै करिम बेन्जेमाले १८ वटा उपाधि जितेका छन् । त्यस्तै जासे एन्टोनियो कामाचो र इकर कासिलासले १९ ट्रफी जितेका छन् ।
सर्जियो रामोस, मार्सेलो र मानोलो सान्चिजले २१ ट्रफी जितिसकेका छन् भने पाको गेन्टोले २३ उपाधि जितेका छन् । अझै केहि वर्ष भारानले रियलमै बस्ने सम्भावना रहेकाले उनको उपाधि संख्या बढ्न सक्छ ।

उनले रियलबाट ४ वटा च्याम्पियन्स लिग, ३ वटा युरोपियन सुपर कप, ४ वटा क्लब विश्व कप, २ ला लिगा उपाधि, १ कोपा डेल रे र ३ वटा सुपर कप जितेका छन् । गत वर्ष उनले देशका लागि विश्व कप पनि जितेका थिए । त्यो समेत जोड्दा उनको खेल जीवनमा १८ ट्रफी पुगिसकेका छन् ।

त्यस आधारमा भारानको तुलाना इटालियन पाउलो माल्डीनीसँग हुने गरेको छ । उनले २००३ सम्म ३५ वर्षको उमेरमा ४ वटा च्याम्पियन्स लिग उपाधि जितेका छन् । घुँडाको चोटका वावजुद उनले माथिल्लो स्तरमा एकरुपताको प्रदर्शन गर्ने खेलाडीमा पर्दछन् । त्यसअर्थ उनी प्रशिक्षक जितेदिन जिदानको पहिलो रोजाईमा लगातार पर्दै आएका छन् ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.