default_image

4 years ago

January 22, 2020

रोड्रीगो भित्र्याउने बार्सिलोनाको कसरत

एजेन्सी – चोटका कारण फरवार्ड लुइस सुआरेज लामो समय मैदानबाहिर रहने भएपछि क्याटलान क्लब बार्सिलोना ट्रान्सफर विन्डोमा नयाँ खेलाडीको खोजीमा छ । यसका लागि टोलीले भ्यालेन्सियाका रोड्रीगो मोरेनोलाई अनुबन्ध गर्ने प्रयास थालेको छ । सुआरेजको अनुपस्थितिमा बार्सिलोना लिगमा सहजै खेल्न सक्ने फरवार्डको खोजीमा छ । नयाँ प्रशिक्षक किके सेटिनको योजनामा खेल्न पनि रोड्रीगोलाई सहज हुने […]

41 views

0 Bookmark

एजेन्सी – चोटका कारण फरवार्ड लुइस सुआरेज लामो समय मैदानबाहिर रहने भएपछि क्याटलान क्लब बार्सिलोना ट्रान्सफर विन्डोमा नयाँ खेलाडीको खोजीमा छ । यसका लागि टोलीले भ्यालेन्सियाका रोड्रीगो मोरेनोलाई अनुबन्ध गर्ने प्रयास थालेको छ ।

सुआरेजको अनुपस्थितिमा बार्सिलोना लिगमा सहजै खेल्न सक्ने फरवार्डको खोजीमा छ । नयाँ प्रशिक्षक किके सेटिनको योजनामा खेल्न पनि रोड्रीगोलाई सहज हुने विश्वास गरिएको छ । रोड्रीगो आफैं पनि बार्सिलोना जान इच्छुक रहेका छन् । तर दुई क्लबबीच ट्रान्सफर रकमलाई लिएर भने केहि असमझदारी देखिएको छ ।

भ्यालेन्सियाले रोड्रीगोका लागि कम्तिमा ६० मिलियन युरोको माग राखेको छ । तर बार्सिलोनाले यसअघि ट्रान्सफर विन्डोमा नै १ सय २४ मिलियन युरो खर्चेकाले आर्थिक पाटोमा समस्या हुने देखिन्छ । त्यसमाथि बार्सिलोनाले यसै साता भ्यालेन्सियाको सामना गर्दैछ । यसकारण पनि कम्तिमा उक्त खेलसम्म बार्सिलोनाले प्रतीक्षा गर्नुपर्नेछ ।

बार्सिलोनाले विकल्पका रुपमा आर्सनलका पिएर एमेरिक औबामेयाङ र जर्मन क्लब आरबी लाइप्जिगका टिमो वेर्नरलाई पनि हेरेको छ । तर दुवै खेलाडीलाई आ-आफ्नो क्लबले निकै महत्त्वपूर्ण भूमिकामा राखेको हुनाले बार्सिलोनाले मोटो रकम खर्चनुपर्ने छ ।

बार्सिलोनाले लोनमा केहि समयका लागि खेलाडी अनुबन्धन गर्ने सम्भावना भने निकै कम छ । गत सिजन केभिन प्रिन्स बोटेङलाई अनुबन्ध गरेपछि खासै उपलब्धि नहुनुले पनि बार्सिलोना सचेत छ ।

यो पनि पढ्नुहोस : एकै खेलमा १ हजार पास!

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.