default_image

4 years ago

January 21, 2020

एकै खेलमा १ हजार पास!

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आइतबार ग्रानडाविरुद्ध जित हासिल गर्दै नयाँ प्रशिक्षक किके सेटिनको नेतृत्वमा सानदार सुरुवात गर्यो । यसक्रममा बार्सिलोनाले झन्डै ७ वर्षको अन्तरालपछि एकै खेलमा १ हजार पास पनि पूरा गर्यो । यसअघि सन् २०१२ नोभेम्बर २५ मा बार्सिलोनाले लेभान्तेलाई ४-० ले पराजित गर्दा १ हजार ३५ पास पास खेलेको थियो । उक्त […]

47 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आइतबार ग्रानडाविरुद्ध जित हासिल गर्दै नयाँ प्रशिक्षक किके सेटिनको नेतृत्वमा सानदार सुरुवात गर्यो । यसक्रममा बार्सिलोनाले झन्डै ७ वर्षको अन्तरालपछि एकै खेलमा १ हजार पास पनि पूरा गर्यो ।

यसअघि सन् २०१२ नोभेम्बर २५ मा बार्सिलोनाले लेभान्तेलाई ४-० ले पराजित गर्दा १ हजार ३५ पास पास खेलेको थियो । उक्त खेलमा लिओनेल मेस्सीले २ गोल तथा आन्द्रेस इनिएस्टा र सेस फाब्रीगासले १-१ गोल गरे । त्यसक्रममा जाभीले १ सय ३९, फाब्रीगासले १ सय २४ र सर्जियो बुस्केट्सले १ सय १६ पास खेलेका थिए । सन् २००५/०६ यता ला लिगामा कुनैपनि टोलीले १ हजार पास कटाएको यो तेस्रो पटक हो ।

उक्त खेलमा टिटो भिलानोभा बार्सिलोनाका प्रशिक्षक थिए । त्यस खेलमा अर्को ऐतिहासिक उपलब्धि पनि हासिल भएको थियो । बार्सिलोनाको पहिलो रोजाईमा खेलेका सबै ११ खेलाडी बार्सिलोनाको प्रतिष्ठित एकेडेमी ला मासियाका उत्पादन रहेका थिए ।

बार्सिलोनाले ७ वर्षपछि १ हजार पासको आँकडा पार गर्दा पुरानै टोलीको ४ खेलाडी सुरुवाती रोजाइमा थिए । कप्तान लिओनेल मेस्सीसहित जेरार्ड पिके, जोर्डी अल्बा र सर्जियो बुस्केट्सले दुवै खेलमा सुरुवात गरे । ग्रानडाविरुद्ध पनि ला मासियाका ८ खेलाडी टोलीमा थिए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.