default_image

9 years ago

July 6, 2016

युरोको सेमिफाइनलमा बेल र रोनाल्डो आमने सामने

132 views

0 Bookmark

युरो २०१६ अन्तर्गत आज हुने वेल्स र पोर्चुगलबिचको खेलमा रियल म्याड्रिडका ग्यारेथ बेल र क्रिस्टियानो रोनाल्डो आमने सामने हुदैंछन्।

ROnaldo Bale Portugal Wales

वेल्सका लागि प्रमुख दुइ खेलाडी आरोन र्यामजी र बेन डेभिस अनुपस्थित हुनाले पोर्चुगललाई फाइदा पुग्ने देखिएको ।छ बेल्जियम संगको क्वार्टरफाइनल जितमा प्रतियोगिताको दोश्रो पहेंलो कार्ड खाएका कारण यी दुइ खेलाडी सेमिफाइनलखेल्न बंचित भएका हुन्। उनीहरुको अनुपस्थितिमा डेभिसको स्थानमा जेम्स कोलिंस र र्यामजीको स्थानमा जोनाथन विलिएम्स खेल्ने सम्भावना रहेको छ।

यसैगरी पोर्चुगलका विलियम कार्भाल्हो पनि दोहोरो पहेंलो कार्डका कारण वेल्स विरुद्ध मैदानमा उत्रने छैनन्। उनको स्थानमा ड्यानीलोले मौका पाउन सक्नेछन।  पेपेले प्रशिक्षणका क्रममा चोट बोकेपनि वेल्सविरुद्ध भने उत्रने पक्का भएको छ।

यसअघी यी दुइ टोलीले सन् २०००मा खेलेको खेलमा पोर्चुगल ३-०ले विजयी भएको थियो। जारि प्रतियोगितामा वेल्सले एक खेलमा मात्र जित हासिल गरेको छैन भने पोर्चुगलले कुनै खेलको निर्धारित ९०मिनेटमा जित दर्ता गर्न सकेको छैन।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.