9 years ago
July 7, 2016
एजेन्सी , (फ्रान्स)
वेल्स बिरुध २-० को जितमा पोर्चुगलकोलागी गोल गरेका क्रीस्टिएनो रोनाल्डोले युरो कपमा सर्वाधिक गोल गर्ताको किर्तिमानमा मिसेल प्लाटिनी सङ बराबारी गरेका छन ।
खेलको ५० औ मिनेटमा हेडर मार्फत गोल गर्दै युरो कपमा ९ गोल बनाउदै उनले प्लाटिनीको रेकर्ड बराबर गरेका हुन । क्रोसियासँग अन्तिम १६ को खेलमा र पोल्याण्डसङ क्वाटर फाइनलमा गोल गर्न चुके पनि , रोनाल्डोले प्रतियोगिताको तेस्रो गोलसंग फ्रान्सको पुर्व कप्तानको रेकर्ड सँग बराबर गरेका हुन ।
हंगेरीसङ गोल गर्दै युरो कपको ४ संस्करणमा(२००४, २००८, २०१२ र २०१६ ) गोल गर्ने पहिलो खेलाडी भएका रोनाल्डोले सेमीफाइनलमा अर्को किर्तिमान मा आफ्नो नाम थपेका हुन ।
वेल्सलाई हराउदै फाइनलमा पाइला राखे पछी रोनाल्डोले किर्तिमान भन्दा आफ्नु देश फाइनल प्रवेश गरेको कुरामा बडी खुशी ब्यक्त गरे । “रेकर्ड तोड्न अवश्य पनि खुशी भइन्छ तर अहिले आफुले रेकर्ड गरेको भन्दा आफ्नु टोली फाइनल प्रवेश गरेकोमा खुशी छु” , रोनाल्डो ले खेल पछी भने ।
फाइनलमा जर्मनी र आयोजक फ्रान्स बिचको बिजेतासँग भिड्दा रोनाल्डोले प्लाटिनीलाई पार गर्दै उक्त रेकर्ड आफ्नो नाममा एकल रुपले राख्न सक्ने मौका पाउनेछन ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]