default_image

4 years ago

January 28, 2020

आसर्नल एफए कपको पाँचौ चरणमा

एजेन्सी – प्रिमियर लिग क्लब आर्सनल एफए कपको पाँचौं चरणमा प्रवेश गर्न सफल भएको छ । सोमबार राति भएको खेलमा आर्सनलले एएफसी बर्नमाउथलाई २–१ ले पराजित गर्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो । आर्सनलको जितमा बुकायो साका र इडी एनकेतिहाले गोल गरे । घरेलु टोलीका साम सुरिजले सान्त्वना गोल फर्काए । भिटालिटी स्टेडियमा खेलको […]

25 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग क्लब आर्सनल एफए कपको पाँचौं चरणमा प्रवेश गर्न सफल भएको छ । सोमबार राति भएको खेलमा आर्सनलले एएफसी बर्नमाउथलाई २–१ ले पराजित गर्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो ।

आर्सनलको जितमा बुकायो साका र इडी एनकेतिहाले गोल गरे । घरेलु टोलीका साम सुरिजले सान्त्वना गोल फर्काए । भिटालिटी स्टेडियमा खेलको पाँचौं मिनेटमा साकाले ग्याब्रियल मार्टिनेलीको पासमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा एनकेतिहाले साकाको पासमा गोल गरेपछि आर्सनलले पहिलो हाफमा २–० ले अघि बढेको थियो ।

दोस्रो रोजाईका खेलाडीलाई कोर्टमा उतारेको आर्सनलले दोस्रो हाफमा पनि गोलको अवसर सिर्जना गरेपनि गोल गर्न भने असफल रह्यो ।
इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा बर्नमाउथका सब्सिच्युट खेलाडी साम सुरिजले सिमोन फ्रान्सिसको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनल २–१ ले विजयी हुन सफल भयो ।

अब आर्सनलको प्रि–क्वाटरफाइनलमा पोर्ट्समाउथको सामना गर्नेछ । एफएले सोमबार राति नै प्रि–क्वाटरफाइनको ‘ड्र’ सार्वजनिक गरेको छ । रिडिङ र कार्डिफले रिप्ले खेल्दै जित हात पार्ने टोलीले सेफिल्ड युनाइटेडसँग खेल्नेछ । श्रीउजवरी र लिभरपुलको विजेताले चेल्सीसँग खेल्नेछ । कोभेन्ट्री र बर्मिङघमको विजेताले लेस्टरसँग खेल्नेछ ।

यस्तै नर्थह्याम्पटन र डर्वीबीचको विजेताले म्यानचेस्टर युनाइटेडको तथा साउथह्याम्पटन र टोटेनहमको विजेताले अन्तिम १६ मा नर्विच सिटीको सामना गर्नेछ ।

 

एफए कप प्रि–क्वाटरफाइनल समीकरण

सेफिल्ड वेनस्डेविरुद्ध म्यानचेस्टर सिटी

रिडिङ/कार्डिफविरुद्ध सेफिल्ड युनाइटेड

चेल्सीविरुद्ध श्रीउजवरी/लिभरपुल

वेस्टब्रोमविरुद्ध न्यु क्यासल/अक्सफोर्ड

लेस्टरविरुद्ध कोभेन्ट्री/बर्मिङघम

नर्थह्याम्पटन/डर्वीविरुद्ध म्यानचेस्टर युनाइटेड

साउथह्याम्पटन/टोटेनहमविरुद्ध नर्विच सिटी

पोर्ट्समाउथविरुद्ध आर्सनल

April 27, 2024

बर्नलीसँग म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा डिफेन्समा भएको […]

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

April 27, 2024

सुदूरपश्चिमको जितमा यशोदाको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – यशोदा चिरालको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा शनिबार बागमती प्रदेशलाई एकपक्षीय खेलमा ६–० ले हराएको छ। छनोटमा सुदूरपश्चिमको यो तेस्रो जित हो । बागमतीको भने यो लगातार चौथो हार हो। सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सुदूरपश्चिमले आधा दर्जन गोल गर्ने क्रममा यशोदाले २६ औं मिनेटमा गोलको खाता खोलिन् । २९औं मिनेटमा […]

Success

Thank you for your time.