default_image

4 years ago

January 30, 2020

युनाइटेडसँग हारेपनि सिटी फाइनलमा

एजेन्सी – म्यानचेष्टर डर्बीमा इंग्लिस फुटबल लिग (इएफल) कप अर्थात कारवाओ कपको दोस्रो लेगमा युनाइटेडसँग पराजित भएपनि म्यानचेस्टर सिटी फाइनलमा प्रवेश गर्न सफल भएको छ । घरेलु मैदानमा सिटी युनाइटेडसँग १–० ले पराजित भएपनि समग्रमा ३–२ को जितसहित फाइनल यात्रा तय गरेको हो । सिटीले पहिलो लेगमा ३–१ को जित निकालेको थियो । दोस्रो लेगमा […]

29 views

0 Bookmark

एजेन्सी – म्यानचेष्टर डर्बीमा इंग्लिस फुटबल लिग (इएफल) कप अर्थात कारवाओ कपको दोस्रो लेगमा युनाइटेडसँग पराजित भएपनि म्यानचेस्टर सिटी फाइनलमा प्रवेश गर्न सफल भएको छ ।

घरेलु मैदानमा सिटी युनाइटेडसँग १–० ले पराजित भएपनि समग्रमा ३–२ को जितसहित फाइनल यात्रा तय गरेको हो । सिटीले पहिलो लेगमा ३–१ को जित निकालेको थियो । दोस्रो लेगमा १० खेलाडीमा समेटिएको युनाइटेडसँग पराजित भएपनि पहिलो लेगमा लिएको अग्रता सिटीलाई फाइनल पुग्न पर्याप्त बन्यो ।

इतिहाद स्टेडियममा युनाइटेडको जितमा नेमन्जा माटिचले विजयी गोल गरे । उनले खेलको ३५ औ मिनेटमा गोल गरेका थिए । उनले फ्रेडको फ्रिकिकलाई सिटीका डिफेन्डरले क्लियर गर्न नसक्दा रिवाउन्डमा नेमान्जाले भलीमार्फत गोल गर्न सफल भएका थिए ।

तर, माटिच ७६औं मिनेटमा दोहोरो पहेँलो कार्डसहित रातो कार्ड खाँदै मैदान बाहिरिएपछि युनाइटेडले १० खेलाडीमा समेटिएको थियो । तर, त्यसको फाइदा सिटीले उठाउन सकेन ।

सिटीले अब उपाधिका लागि मार्च १ मा एस्टन भिल्लासँग वेम्वली मैदानमा खेल्नेछ । एस्टन भिल्लाले मंगलबार राति लेस्टर सिटीलाई समग्रमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थन बनाएको थियो ।

May 4, 2024

आर्सनलद्वारा बर्नमाउथ पराजित

एजेन्सी – इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा रहेको टोली आर्सनलले बर्नमाउथलाई पराजित गरेको छ । शनिबार भएको दिनको पहिलो खेलमा आर्सनल ३-० ले विजयी भएको हो । आक्रामक खेल प्रदर्शन गरेतापनि आर्सनलले अग्रता लिन पहिलो हाफको अन्त्य कुर्नु परेको थियो । बर्नमाउथका गोलरक्षक मार्क ट्राभर्सले काई हाभर्ट्ज माथि फाउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै बुकायो […]

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

Success

Thank you for your time.