default_image

4 years ago

January 30, 2020

फियोरेन्टिनालाई हराउदै इन्टर सेमिफाइनलमा

एजेन्सी – सिरी ‘ए’ प्रतिद्धन्द्धी फियोरेन्टिनालाई हराउदै इन्टर मिलान कोपा इटालिया कपको को सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु टोली मिलानले फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । मिलानको जितमा एन्टेनियो क्यानड्रेभा र निकोलो बारेलाले गोल गरे । पाहुना टोलीका मार्टिन कासर्सले एक गोल फर्काए । यसै खेलमार्फत क्रिस्टियन इरिक्सन […]

41 views

0 Bookmark

एजेन्सी – सिरी ‘ए’ प्रतिद्धन्द्धी फियोरेन्टिनालाई हराउदै इन्टर मिलान कोपा इटालिया कपको को सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु टोली मिलानले फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।

मिलानको जितमा एन्टेनियो क्यानड्रेभा र निकोलो बारेलाले गोल गरे । पाहुना टोलीका मार्टिन कासर्सले एक गोल फर्काए । यसै खेलमार्फत क्रिस्टियन इरिक्सन र भिक्टर मोसेसले इन्टरका लागि ‘डेब्यु’ गरे ।

इरिक्सन इंग्लिस क्लब टोटेनहम हस्टपरबाट तथा मोसेस लोनमा इंग्लिस क्लब चेल्सीबाटै यसै विन्टरमा इन्टरमा पुगेका थिए ।  इरिक्सनले ६६औं मिनेटमा एलेक्सिस सान्चेजको स्थानमा तथा मोसेसले ७४औं मिनेटमा एन्टेनियो क्यानड्रेभाका स्थानमा मैदानमा प्रवेश गर्दै इन्टरबाट सिरी ‘ए’ मा डेब्यु गरे ।

प्रतिस्पर्धात्मक खेलको ४४औं मिनेटमा एन्टेनियो क्यानड्रेभाले लोउटारो मार्टिनेजको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ६०औं मिनेटमा मार्टिनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

६७औं मिनेटमा निकोलोले गोल गर्दै इन्टरलाई खेलमा २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा इन्टर विजयी हुदै सेमिफाइनलमा पुग्न सफल भयो ।

अब इन्टरले सेमिफाइनलमा नेपोलीको सामना गर्नेछ । खेल १३ फ्रेब्रुअरीमा हुनेछ । अर्काे सेमिफाइनलमा एसी मिलान र युभेन्टसबीच खेल हुनेछ ।

May 4, 2024

रियल म्याड्रिड स्पेनिस लिग उपाधि नजिक

एजेन्सी – कीर्तिमानी विजेता टोली रियल म्याड्रिड स्पेनिस शीर्ष डिभिजन ला लिगाको उपाधिको नजिक पुगेको छ । काडिज माथि शनिबार भएको खेलमा ३-० को जित निकाल्दै रियलको ४ खेल बाँकी छँदै २०२३/०२३ लिग उपाधिको नजिक पुगेको हो । रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङ्घम र जोसेलुले समान‌ १ गोल गरे । ५१औं मिनेटमा बक्सको छेउबाट […]

May 4, 2024

आर्सनलद्वारा बर्नमाउथ पराजित

एजेन्सी – इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा रहेको टोली आर्सनलले बर्नमाउथलाई पराजित गरेको छ । शनिबार भएको दिनको पहिलो खेलमा आर्सनल ३-० ले विजयी भएको हो । आक्रामक खेल प्रदर्शन गरेतापनि आर्सनलले अग्रता लिन पहिलो हाफको अन्त्य कुर्नु परेको थियो । बर्नमाउथका गोलरक्षक मार्क ट्राभर्सले काई हाभर्ट्ज माथि फाउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै बुकायो […]

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

Success

Thank you for your time.