default_image

4 years ago

February 2, 2020

पीएसजीको सानदार जित

एजेन्सी – फ्रेन्च लिग वानमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ । घरेलु मैदानमा ९ खेलाडीमा समेटिएको मोन्टपिलिएरमाथि ५–० को फराकिलो जित निकालेको हो । घरेलु मैदान पार्क डि प्रिन्सेसमा पीएसजीको फराकिलो जितमा पाब्लो साराविया, एन्जल डि मारिया, केलियन एमबाप्पे र लेभिन कुर्जावाले गोल गरे । एक गोल उपहार पाएको […]

34 views

0 Bookmark

एजेन्सी – फ्रेन्च लिग वानमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ । घरेलु मैदानमा ९ खेलाडीमा समेटिएको मोन्टपिलिएरमाथि ५–० को फराकिलो जित निकालेको हो ।

घरेलु मैदान पार्क डि प्रिन्सेसमा पीएसजीको फराकिलो जितमा पाब्लो साराविया, एन्जल डि मारिया, केलियन एमबाप्पे र लेभिन कुर्जावाले गोल गरे । एक गोल उपहार पाएको थियो । खेलको आठौं मिनेटमा सारावियाको गोलबाट पीएसजीले खेलमा अग्रता बनायो ।

१७औं मिनेटमा मोन्टपिलिएर १० खेलाडीमा समेटियो । दिमित्री बर्टाउडले एमबाप्पेमाथि गम्भीर फउल गरेपछि रेफ्रीले सिधै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए । त्यसको फाइदा पीएसजीले लिन सफल भयो ।

४१औं मिनेटमा पहिलो खेलमा गोल गरेका सारावियाको पासमाडि मारियाले गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाए । ४४औं मिनेटमा ड्यानिएल कन्ग्रेले आत्मघाती गोल गरेपछि पीएसजीले पहिलो हाफमै ३–० को आरामदायी अग्रता बनायो ।

डि मारियाको कर्नरलाई क्लियर गर्न खोज्दा ड्यानिएलले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।  ५७औं मिनेटमा केलियन एमबाप्पेले गोल गरेपछि पीएसजीले खेलमा ४–० को फराकिलो अग्रता बनायो । एमबाप्पेले नेयमारको पासमा गोल गरेका थिए । त्यसपछि एमबाप्पेलाई प्रशिक्षक टुचेलले परिवर्तन गर्दा दुईबीच टचलाइनमा भनाभन भएको थियो ।

६५औं मिनेटमा लेभिन कुर्जावाले गोल गर्दै पीएसजीलाई ५–० ले अघि बढाए । ८८औं मिनेटमा मोन्टपिलिएर ९ खेलाडीमा समेटियो । जोरिस चोटार्ड दोहोरो रातो कार्ड खादै मैदानबाट बाहिरिए । जोरिस ६४औं मिनेटमा फ्लोरेन्ट मोलेटको स्थानमा मैदान प्रवेश गरेका थिए । ९०औं मिनेटमा एडन्सिन काभानीको गोल भिएआरबाट अफसाइड ठहरिएपनि पीएसजीले ५–० को सानदार जित निकाल्न सफल भयो ।

जितसँगै पीएसजीले २२ खेलाबाट ५५ अंक जोडेर शीर्षस्थानमा पकड बनाएको छ । पीएसजीले दोस्रो स्थानको मार्सेलीलाई १३ अंकले पछि पारेको छ । एक खेल कम खेलेको मार्सेलीको ४२ अंक छ । पराजित मोन्टपिलिएर ३३ अंक जोडेर पाँचौ स्थानमा छ ।

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.