default_image

4 years ago

February 2, 2020

मेइन्जलाई हराउदै बायर्न शीर्षस्थानमा उक्लियो

एजेन्सी – डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख जर्मन बुन्डेस लिगाको शीर्षस्थानमा पूनरागमन गरेको छ । घरेलु टोली मेइन्जमाथि ३–१ को जित निकाल्दै बायर्नले शीर्षस्थानमा पूनरागमन गरेको हो । शनिबार राति बायर्नले जित निकाल्दा शीर्षस्थानमा रहेको आरबी लेइजिग बोरुसिया मोन्चेनग्लाडवाचसँग बराबरीमा रोकिएपछि बायर्नले शीर्षस्थानमा पूनरागमन गर्न सफल भएको हो । बायर्नको २० खेलबाट ४२ अंक छ । […]

18 views

0 Bookmark

एजेन्सी – डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख जर्मन बुन्डेस लिगाको शीर्षस्थानमा पूनरागमन गरेको छ । घरेलु टोली मेइन्जमाथि ३–१ को जित निकाल्दै बायर्नले शीर्षस्थानमा पूनरागमन गरेको हो ।

शनिबार राति बायर्नले जित निकाल्दा शीर्षस्थानमा रहेको आरबी लेइजिग बोरुसिया मोन्चेनग्लाडवाचसँग बराबरीमा रोकिएपछि बायर्नले शीर्षस्थानमा पूनरागमन गर्न सफल भएको हो । बायर्नको २० खेलबाट ४२ अंक छ । उति नै खेलबाट आरबी लेइपजिगको ४१ अंक छ ।
घरेलु टोलीविरुद्ध बायर्नको जितमा रोवर्ट लेवान्डोस्की, थोमस मुलर र थियागो अलकान्ताराले गोल गरे । मेइन्जका जेरी जस्टेले सान्त्वना गोल फर्काए ।

बायर्नले खेलको २६ मिनेट भित्रै ३–० को आरामदायी अग्रता बनाएको थियो । आठौं मिनेटमा बेन्जामिन पाभार्डको पासमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । यो उनको जारी बुन्डेस लिगाको २२औं गोल हो ।  १४औं मिनेटमा थोमस मुलरले लियोन गोरेट्काको पासमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । २६औं मिनेटमा अलफोन्सो डेभिसको पासमा थियागो अलकान्ताराले गोल गरेपछि बायर्नले २६ मिनेटभित्रै ३–० को आरामदायी अग्रता बनायो ।

४५औं मिनेटमा घरेलु टोलीका जेरीले एक गोल गर्दै खेलमा फर्कने संकेत दिएका थिए । तर, त्यसपछि दोस्रो हाफमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपछि गोल निस्कन नसक्दा बायर्न ३–१ ले विजयी हुन सफल भयो ।

अर्काे खेलमा आरबी लेइपिजिग र बोरुसिया मोन्चेनग्लाडवाचले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे । बराबरीपछि लेइपजिगले शीर्षस्थान गुमायो । मोन्चेनग्लाडवाच ३९ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

लेइपजिगले २–० ले पछि परेको अवस्था उल्ट्याउदै बराबरी गर्न सफल भएको हो । आरबी लेइपजिगका प्याट्रिक सेचिक र क्रिस्टोफोर एनकुन्कुले गोल गरे । मोन्चेनग्लाडवाचका एलासेन प्लिए र जोनस होफमानले गोल गरे । ६१औं मिनेटमा मोन्चेनग्लाडवाच १० खेलाडीमा समेटिएको थियो ।

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.