default_image

4 years ago

February 2, 2020

युभेन्टसको जितमा रोनाल्डोको दुई गोल

56 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत दुई गोल गरेपछि इटालियन सिरी ए मा आइतबार युभेन्टसले फिओरेन्टिनालाई ३-० ले पराजित गरेको छ ।

रोनाल्डोले लगातार नवौं लिग खेलमा गोल गरेका हुन् । यसक्रममा उनले पछिल्ला ९ लिग खेलमा १४ गोल गरेका छन् । समग्रमा उनी लिगमा मात्र युभेन्टसका लागि १९ गोल गर्न सफल भएका छन् । रोनाल्डो सन् २००५ मा डेविड ट्रेजेग्वेटपछि लगातार ९ खेलमा गोल गर्ने पहिलो खेलाडी बने ।

रोनाल्डोले खेलको ४० औं मिनेटमा पहिलो पेनाल्टी गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । मिरालेम प्यानिचको प्रहार पेनाल्टी क्षेत्रभित्र रहेका जर्मन पेजेलाको हातमा लागेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । त्यसअघि युभेका गोलरक्षक वोजचिएक सेचेज्नीले पोल लिरोला र एरिक पुल्गारको प्रहार बचाएका थिए ।

८० औं मिनेटमा रोनाल्डोकै पेनाल्टीमा अग्रता दोब्बर भयो । रोड्रीगो बेन्टान्कुरलाई फेदेरिको केचेरिनीले पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । रोनाल्डोले पहिलो पेनाल्टी गोल गरेकै दिशामा गोल गरेका थिए । खेलको अन्त्यतिर माथिस डे लिग्टले पाउलो डीबालाको फ्रिकिकमा गोल गर्दै जित सुनिश्चित गरे ।

यस जितसँगै युभेन्टसले लिगको शीर्षस्थानमा अग्रता कायमै राखेको छ । युभेन्टसको २२ खेलमा ५४ अंक छ भने लाजियोको २१ खेलमा ४९ र इन्टरको २१ खेलमा नै ४८ अंक रहेको छ ।

May 6, 2024

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको रंगशाला निरीक्षणपछि रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको हो । एन्फा महासचिव किरण राईका अनुसार रंगशालाको मैदानको पिच, फ्लड लाइट र सुरक्षा सम्बन्धि विषयमा एएफसीले गम्भीर […]

May 6, 2024

फुटबलर सविता पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)– एभरग्रिन कन्स्ट्रकसन एन्ड कन्स्लटेन्सी प्रालिले राष्ट्रिय फुटबल टोली तथा एपिएफकी फरवार्ड सविता रानामगरलाई नगदले पुरस्कृत गरेको छ । प्रालिका अध्यक्ष अभिषेक कोइराला र मेनेनजर स्रदिप प्रधानले सोमबार सवितालाई चेक हस्तान्तरण गरेका थिए । साउदी अरबमा फागुनमा भएको वाफ च्याम्पियनसिपमा उच्च प्रदर्शन गरेकामा भन्दै प्रालिले उनलाई नगदले पुरस्कृत गरेको हो । जोर्डनसँगको फाइनलमा […]

May 6, 2024

नेपाल र इङ्ल्यान्ड ‘सि’ आज खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज इङ्ल्यान्ड ‘सि’ को सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८:४५ बजे एल्डरशट स्थित नेशनल लिग टोली एल्डरशट टाउनको घरेलु मैदान इबिबि स्टेडियममा सुरु हुनेछ । इङ्ल्यान्डमा रहेका नेपाली समुदायमा फुटबलको प्रोफाइल उकास्न र दक्षिण एसियाली समुदायको सहभागिता बढाउन सहयोग पुर्याउने […]

Success

Thank you for your time.