default_image

4 years ago

February 3, 2020

टोटेनहमले हराएपछि सिटीको उपाधि यात्रामा धक्का

42 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्टपरले म्यानचेस्टर सिटीलाई २–० ले पराजित गरेको छ । टोटेनहमको मैदानमा आइतबार राति भएको खेलमा स्टेभेन बर्गवाइन र ह्युङ मिन सनले गोल गरे ।

प्रतिस्पर्धात्मक पहिलो हाफमा सिटीका इकेए गुन्डोगान पेनाल्टीमा चुक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । सर्जी औरियरले सर्जियो अगुइरोलाई लडाएपछि रेफ्रीले भिएआरका सहायतामा ३८औं मिनेटमा सिटीले पेनाल्टी पाएको थियो । तर, इकेए गुन्डोगानको पेनाल्टी टोटेनहमका गोलरक्षक ह्युगो लोरिसले बचाएका थिए ।

६०औं मिनेटमा ओलेक्सन्डर जिनचेन्को दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएको थियो । डेभिडसन सान्चेजलाई फउल गरेपछि रेफ्रीले जिनचेन्कोलाई मैदान बाहिर पठाएको थियो । सिटी १० खेलाडीमा समेटिएको फाइदा टोटेनहमले उठायो । ६३औं मिनेटमा बर्गवाइनले लुकास मौउराको पासमा टोटेनहमका लागि ‘डेब्यु’ गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए ।

७१औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । उनले टंगे एनडोम्बेलेको पासमा गोल गर्न सफल भएको थियो ।
त्यसपछि थप गोल निस्कन नसक्दा सिटी टोटेनहमसँग २–० ले स्तब्ध बन्न पुग्यो । हारपछि सिटीको उपाधि सम्भावना झिनो बनेको छ । हारपछि सिटी शीर्षस्थानको लिभरपुलसँग २२ अंकले पछि परेको छ । सिटीको ५१ तथा लिभरपुलको ७३ अंक छ ।

सिटीलाई पराजित गरेको टोटेनहम ३७ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । अर्काे खेलमा आर्सनल बर्नलीसँग गोलरहित बराबरीमा खेल्दै अंक बाडेको छ ।

May 6, 2024

महिला फुटबल टोलीलाई एनआइसी एसियाको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – एनआइसी एसिया बैंकले वाफ महिला च्याम्पियनसिपमा दोस्रो भएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । बैंकले सोमबार महिला टोलीका २३ खेलाडी र अफिसियल गरि ३१ जनालाई जनही २५ हजार रुपैयाँले सम्मान गरेको हो । बैंकले टोलीलाई रात्री भोज पनि दिएको थियो । सम्मान कार्यक्रममा अखिल नेपाल फुटबल संघ […]

May 6, 2024

नेपाल इङ्ल्यान्ड ‘सि’ सँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली इङ्ल्यान्ड ‘सि’ सँग पराजित भएको छ । इङ्ल्यान्ड नेसनल लिग टोली एल्डरसट टाउनको घरेलु मैदान इबीबी स्टेडियममा सोमबार भएको खेलमा नेपाल २-० ले पराजित भएको हो । नेपाल खेलको सुरुवाती समयका नै दुई गोलले पछि परेको थियो। इंग्लिस टोलीका लागि आठौं मिनेटमा निक काबाम्बाले […]

May 6, 2024

अन्जना एनआइसी एसिया बैंकको ब्राण्ड प्रमोटर

काठमाडौं (हाम्रो खेलकुद)- एनआइसी एसिया बैंकले राष्ट्रिय महिला फुटबल तथा त्रिभुवन आर्मी क्लबकी गोलकिपर अन्जना रानामगरलाई आफ्नो ब्राण्ड प्रमोटर नियुक्त गरेको छ। गत वर्ष फागुनमा साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा दोस्रो भएको नेपाली राष्ट्रिय महिला टोलीको सम्मानमा बैंकले सोमबार आयोजना कार्यक्रमकै दौरान अन्जनालाई ब्राण्ड प्रमोटरको रुपमा घोषणा गरेको हो।

Success

Thank you for your time.