default_image

5 years ago

February 3, 2020

स्किल देखाउँदा नेयमारलाई पहेंलो कार्ड!

137 views

0 Bookmark

एजेन्सी – स्किल देखाएकै कारण पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिली स्टार फरवार्ड नेयमारले पहेंलो कार्ड पाएका छन् । शनिबार राति फ्रेन्च लिग वान दौरान मोन्टपिलिएरविरुद्धको खेलमा स्किल देखाएकै आधारमा रेफ्री जिरोम ब्रिसार्डले नेयमारलाई पहेंलो कार्ड देखाएका थिए । 

खेलको ३७औं मिनेटमा नेयमारले मोन्टपिलिएरका दुई डिफेन्डरबीचबाट ड्रिब्लिङ (रेन्वो फ्लिक) गर्दै बल अघि बढाउने प्रयास गरेका थिए । त्यही बलमा रेफ्रीले नेयमारको त्यो स्किलमा असमहति जनाएका थिए । रेफ्रीको निर्णयमा असन्तुष्टि पोखेपछि रेफ्रीले नेयमारलाई पहेँलो कार्ड देखाए ।

त्यसपछि पनि खेल विवादिन रहन सकेन । सँगै रहेका मार्काे भेराट्टीलाई नेयमारले भने, ‘म फुटबल खेल्छु । उसले मलाई पहेँलो कार्ड देखाउछ । उसलाई भनिदिनु यो पहेँलो कार्ड हुन सक्दैन ।’

रेफ्रीले फ्रेन्च भाषामा नेयमारलाई शान्त हुन आग्रह गर्दै खेललाई निरन्तरता दिए । खेलभर नै मोन्टपिलिएरका खेलाडीले नेयमारलाई निशाना बनाइराखे । खेल सकिएपछि पनि नेयमारले रेफ्रीसँग आफ्नो कुरा‌ राखेका थिए ।

त्यसपछि पनि स्टार फरवार्ड नेयमारले खेलमा आफ्नो छाप छोड्न सफल भए । उनले सामाजिक सन्जाल इन्स्टाग्राममा रेफ्रीको निर्णयमा व्यङ्ग्य गर्दै ‘म फुटबल मात्रै खेल्छु ।’ भनेर पोस्ट गरेका छन् ।

फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पीएसजीले उक्त खेल ५–० ले जित्न सफल भएको थियो । पाब्लो साराबिया, एन्जल डि मारिया, केलियन एमबाप्पे र लेभिन कुर्जावाले गोल गर्दा एक गोल उपहार पाएको थियो । पीएसजी २२ खेलबाट ५५ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

हेर्नुहोस भिडियो :

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

December 10, 2024

आहा! रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको‌ प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]

December 10, 2024

एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]

Success

Thank you for your time.