default_image

4 years ago

February 7, 2020

सावित्रालाई ओजिलको जर्सी उपहार

काठमाडौं (हाम्रो खेलकुद)– भारतीय महिला लिग (आईडब्लुएल) मा उच्च प्रदर्शन गरिरहेकी राष्ट्रिय टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारीले प्रिमियर लिग आर्सनलका स्टार मेसुट ओजिलको हस्ताक्षरित जर्सी उपहारमा प्राप्त गरेकी छिन् । गोकुलम केरेला एफसीबाट आइ लिग खेलिरहेकी सावित्रालाई मंगलबारको खेलपछि ओजिलका एजेन्ट इकुट सोगुटले जर्सी हस्तान्तरण गरेका थिए । बैंगलोर युनाइटेड फुटबल क्लबलाई गोकुलमले ५–१ […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– भारतीय महिला लिग (आईडब्लुएल) मा उच्च प्रदर्शन गरिरहेकी राष्ट्रिय टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारीले प्रिमियर लिग आर्सनलका स्टार मेसुट ओजिलको हस्ताक्षरित जर्सी उपहारमा प्राप्त गरेकी छिन् ।

गोकुलम केरेला एफसीबाट आइ लिग खेलिरहेकी सावित्रालाई मंगलबारको खेलपछि ओजिलका एजेन्ट इकुट सोगुटले जर्सी हस्तान्तरण गरेका थिए । बैंगलोर युनाइटेड फुटबल क्लबलाई गोकुलमले ५–१ ले हराएको खेलपछि उनलाई जर्सी प्रदान गरिएको थियो । उनले त्यो खेलमा एक गोल गरेकी थिइन् । सोगुटले त्यो खेल हेरेका थिए ।

‘मेरो खेल राम्रो लागे जर्सी दिएको रहेछ । मैले त्यस्तो उपहार पाइएला भन्ने सोचेको पनि थिइन्,’ सावित्राले भनिन्, ‘मेरो त खुसीको सिमा नै छैन ।’ जारी लिगमा लगातार चार जित निकाल्दा सावित्राले गोल गरेकी थिइन् । उनले ४ खेलमा १२ गोल गरिसकेकी छिन् । त्यसअघि छनोटमा ३ गोल गरेकी उनको गोल संख्या १५ पुगेको छ ।

जारी लिगमा उनी अहिले सम्म सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा छिन् । १३ गोलसहित साविक विजेता टोली सन्ध्या दोस्रो स्थानमा छिन् । गत सिजन सेथुबाट च्याम्पियन बनाउने क्रममा सावित्राले १५ गोल गरेकी थिइन् । यसपटक भने सावित्राले गोकुलम रोजिन् ।

उनीसँगै गत वर्ष सेथुमा खेलेकी एपिएफ र राष्ट्रिय टोलीकी सदस्य अनिता बस्नेत यो सिजनमा पनि सोही क्लबमा छिन् । यसपटक अलग अलग क्लबमा रहेका सावित्रा र अनुको टोली लिगको सेमिफाइनल पुगिसकेको छन् । सावित्राको टोलीले शुक्रबार राउन्ड रोविन लिगको अन्तिम खेल खेल्दैछ ।
जर्मनीका पूर्व स्टार ओजिलका एजेन्ट विश्वकप विजेता जमर्नीका प्रशिक्षक जोचिम लोउका समेत एजेन्ट रहिसकेका छन् ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.