default_image

5 years ago

February 13, 2020

दिनेशले थ्री स्टारविरुद्ध खेल्ने

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका रक्षक दिनेश राजवंशीले सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम खेल खेल्ने भएका छन् । दिनेशले अखिल नेपाल फुटबल संघ (एन्फा) को ९० दिनको प्रतिबन्ध फुकुवा भएसँगै लिगको अन्तिम खेल खेल्न पाउने भएका हुन् ।

दिनेश यसै सिजन थ्री स्टारबाट च्यासलमा अनुबन्धित भएका थिए । उनी ९० दिनको निलम्वन फुकुवापछि शुक्रबार थ्री स्टारविरुद्धको खेलमा उत्रने च्यासल युथ क्लबका अध्यक्ष रमेश व्यन्जनकारले जानकारी गराए । दिनेशले एन्फाबाट निलम्वन फुकुवाको पत्र लिइसकेको र उनी थ्री स्टारविरुद्धको खेलमा उत्रने पक्का रहेको अध्यक्ष व्यन्जनकारले थपे ।

दिनेशको आगमनँगै च्यासलको रक्षापङ्ति थप मजवुत हुनेछ । थ्री स्टार र च्यालसबीचको खेल शुक्रबार मध्यान्ह १२ः१५ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

विश्वकप छनोट अन्तगर्त कुवेतविरुद्ध मंसिर ३ गते भुटानमा खेल्न जानु अघिल्लो रात डिस्कोमा बिताएका कारण एन्फाले उनीहरुमाथि एन्फाले कारवाही गरेको थियो । बिमल, अन्जन विष्टसँगै दिनेश र सन्तोष तामाङ डिस्को काण्डमा मुछिएपछि उनीहरुलाई एन्फाले निलम्वनसँगै ५० हजार जरिवाना सुनाएको थियो ।

एकै घटनामा एन्फाले अन्जन र सन्तोषलाई ४५ दिनको तथा बिमल र दिनेशलाई ९० दिनको प्रतिबन्ध सुनाएको थियो । प्रतिबन्ध फुकुवासँगै बिमलले लिगको उपाधि होडमा रहेको मछिन्द्रबाट खेल्ने पक्का भएको छ । मनाङ मर्स्याङ्दी क्लबका अन्जन विष्ट र त्रिभुवन आर्मी क्लबका सन्तोष तामाङ ४५ दिनको निलम्बन फुकुवा भएर घरेलु लिगमा फर्केको डेढ महिना भइसकेको छ । उनीहरुले लिगमा उच्च प्रदर्शन गरिरहेका छन् ।

यो पनि पढ्नुहोस् : विमलले लिगको अन्तिम खेल खेल्ने !

December 14, 2024

झापा कपमा आर्मीको विजयी सुरुवात

हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]

December 14, 2024

झापा कपको उद्घाटन खेल-आर्मी र एलएक्स सिटी खेल्ने

हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

Success

Thank you for your time.