default_image

6 years ago

February 14, 2020

पहिलो हाफमा सावित्राको टोलीको अग्रता

160 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला टोली एवंम एपिएफकी की फरवार्ड सावित्रा भण्डारी सम्मिलित गोकुलम केराला फुटबल क्लबले भारतीय महिला लिग (आईडब्लूएल) को फाइनलको पहिलो हाफमा अग्रता लिएको छ ।

बैंगलोर रंगशालामा जारी खेलको पहिलो हाफमा गोकुलमले क्रिप्सा एफसीविरुद्ध २–१ को अग्रता बनाएको छ । दोस्रो मिनेटमा पर्मेश्वरी देवीको गोलबाट अग्रता लिएको गोकुलमका लागि २५ औं कमलादेवीले गोल थपेकी थिइन् । ३४ औं मिनेटमा क्रिप्साका लागि कप्तान दाङमय ग्रसले गोल फर्काएकी थिइन् ।

प्ले अफ चरण पार्दै अघि बढेको गोकुलम अपराजित रहँदै फाइनल पुग्दा सावित्राले उच्च प्रदर्शन गरेकी थिइन् । सावित्राले लिगका यसअघिका सबै ६ खेलमा गोल गरेकी थिइन् । उच्च गोलकर्ताको शीर्षस्थानमा रहेकी सावित्राले १५ गोल गरिसकेकी छिन् । प्ले अफमा पनि उनले ३ गोल गरेकी थिइन् ।

सावित्राको टोलीले उनको राष्ट्रिय टोली तथा एपिएफकै सहकर्मी अनिता बस्नेत सम्मिलित सेथु एफसीलाई ३–० ले पराजित गरेको थियो । सावित्राले पनि अनितासँगै गत सिजन सेथुबाट खेलेकी थिइन् । त्यति बेला टोलीलाई च्याम्पियन बनाउने क्रममा सावित्राले १५ गोल गरेकी थिइन् । सावित्राले सोमबार भएको सेमिफाइनलमा दुवै हाफमा समान गोल गरेकी थिइन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.