6 years ago
February 14, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला टोली एवंम एपिएफकी की फरवार्ड सावित्रा भण्डारी सम्बाको निर्णायक गोलमा गोकुलम केराला एफसीले शुक्रबार भारतीय महिला लिग (आईडब्लूएल) को उपाधि जितेको छ ।

प्रतिस्पर्धात्मक फाइनलमा क्रिप्सा एफसीलाई ३–२ ले हराउँदै गोकुलम च्याम्पियन बनेको हो । २–२ को बराबरीको अवस्थाबाट सावित्राले निर्णायक गोल गरेकी थिइन् । उनले खेल सकिन ३ मिनेट बाँकी रहँदा गोल गरेकी थिइन् । मनीषाको पासमा उनले गोल गरेकी हुन् ।
बैंगलोर रंगशालामा खेलको पहिलो हाफमा गोकुलमले क्रिप्सा एफसीविरुद्ध २–१ को अग्रता बनाएको थियो । दोस्रो मिनेटमा पर्मेश्वरी देवीको गोलबाट अग्रता लिएको गोकुलमका लागि २५ औं कमलादेवीले गोल थपेकी थिइन् ।
३४ औं मिनेटमा क्रिप्साका लागि कप्तान दाङमय ग्रसले गोल फर्काएकी थिइन् । क्रिप्साका लागि रतन बालादेवीले ७३ मा गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्याएकी थिइन् । त्यो अवस्थाबाट फेरि एकपटक सावित्राले उच्च प्रदर्शन गरिन् ।
प्ले अफ चरण पार्दै अघि बढेको गोकुलम अपराजित रहँदै फाइनल पुग्दा सावित्राले उच्च प्रदर्शन गरेकी थिइन् । सावित्राले लिगका सबै खेलमा गोल गरिन् । उच्च गोलकर्ताको शीर्षस्थानमा रहेकी सावित्राले १६ गोल गरिन् । प्ले अफमा पनि उनले ३ गोल गरेकी थिइन् ।
सावित्राको टोलीले उनको राष्ट्रिय टोली तथा एपिएफकै सहकर्मी अनिता बस्नेत सम्मिलित सेथु एफसीलाई ३–० ले पराजित गरेको थियो । सावित्राले पनि अनितासँगै गत सिजन सेथुबाट खेलेकी थिइन् । त्यति बेला टोलीलाई च्याम्पियन बनाउने क्रममा सावित्राले १५ गोल गरेकी थिइन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]