6 years ago
February 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला टोली एवं एपिएफकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) भारतीय महिला लिग (आईडब्लूएल) मा सर्वाधिक गोलकर्ता बनेकी छिन् ।

सावित्राले ७ खेलमा १६ गोल गर्दै महिला लिगको सर्वाधिक गोलकर्ता बनिन् । सर्वाधिक गोलकर्ता बनेकी सावित्राले १ लाख भारतीय रुपैयाँ पाएकी छिन् । शुक्रबार फाइनलमा सावित्राको निर्णायक गोलमा गोकुलम केराला एफसीले क्रिप्सा एफसीलाई ३–२ ले हराउँदै च्याम्पियन बनेको थियो । २–२ को बराबरीको अवस्थाबाट सावित्राले खेल सकिन ३ मिनेट बाँकी रहँदा निर्णायक गोल गर्दै टोलीलाई च्याम्पियन बनाएकी हुन् ।
सावित्राले लिगका सबै खेलमा गोल गरिन् । उच्च गोलकर्ताको शीर्षस्थानमा रहेकी सावित्राले १६ गोल गरिन् । प्ले अफमा पनि उनले ३ गोल गरेकी थिइन् । पहिलो खेलमा श्री भुमीविरुद्ध सावित्राले निर्णाक गोल गरेकी थिइन् । सावित्राले ओडिसा पुलिस र केन्क्रे एफसीविरुद्ध ५-५ गोल गरेकी थिइन् ।
उनले लिगमा विदेश ११ एससी र बैंगलोर युनाइटेड फुटबल क्लबसँग १-१ गोल गर्दै सेमिफाइनल पक्का गरेकी थिइन् । सावित्राले सेमिफाइनलमा सेथु एफसीविरुद्ध २ गोल गरेकी थिइन् । गत सिजन सेथुबाट खेलेकी सावित्राले १५ गोल गरेकी थिइन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]