default_image

6 years ago

February 15, 2020

आर्मी विरुद्ध मछिन्द्र : लिग उपाधिकै भिडन्त

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधिका लागि विभागीय त्रिभुवन आर्मी र मछिन्द्र क्लब भिड्दैछन् ।

गत मंसिर २७ गतेबाट सुरु भएको लिगको अन्तिम खेलमा शनिबार दुई टोली भिड्न लागेका हुन् । दशरथ रगंशालामा दिउँसो साढे १ बजे हुने सुरु हुनेछ । खेलअघिको पत्रकार सम्मेलनमा दुवै टोलीमा मुख्य प्रशिक्षक र कप्तानले उपाधि आफुहरुले उचाल्ने दाबी गरे । दुवै टोली पहिलो उपाधिको खोजीमा रहेका छन् ।

आर्मीका प्रशिक्षक नविन न्यौपानेले आफुहरु इतिहास रच्ने संघारमा रहेकाले पावर र स्पीड गेममा आफुहरुको फोकश रहेको बताए । ‘खेलाडीहरुको मेहनतका कारण यहाँसम्म आएका छौ । शनिबार बराबरीका लागि नभई जित कै लागि मैदान उत्रनेछौं । गत वर्षको भन्दा जारी सिजनमा उत्कृष्ट प्रर्दशन गरेका छौं । जित्नैपर्ने केही खेलको नतिजा बराबरीमा टुङ्गीएकाले केहि कठिन भयो, ‘ उनले भने ।

यता मछिन्द्रका प्रशिक्षक प्रवेश कट्वालले आफुहरु भोलिका लागि तयार रहेको बताए । आर्मी बलियो टोली रहेकाले आफुहरुलाई केही समस्या हुने भएपनि नतिजा निकाल्नेमा विश्वस्त छन् । उनले भने, ‘आर्मीलाई बराबरीको नतिजाले मात्र पुग्नेछ हामी त्यसैको फाइदा उठाउने छौ । आर्मी राम्रो टिमवर्क भएको तथा शारिरिक र मानसिक रुपमा फिट भएको कारण थोरै मौका पाउछौं, तर त्यसलाई भरपुर सदुपयोग गर्नुपर्छ ।’

शनिबारको खेलमा आर्मीले उपाधि जित्न बराबरी मात्र गरे पुग्नेछ भने मछिन्द्रले जित्नैपर्ने दबाब छ । १२ खेलको समाप्तीमा आर्मीको २९ अंक पुगेको छ भने दोस्रो स्थानमा झरेको मछिन्द्रको २८ अंक छ । १२ खेलमा समान ९ जित, २ बराबर र १ हार भएपनि मछिन्द्र १ अंकले पछी छ‌ । गत वर्ष लिगमा अंकतालिकाको पुछारबाट दोस्रोमा रहेका कारण मछिन्द्रको यो वर्ष एक अंक घटाइएको थियो ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.