6 years ago
February 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अन्तिम खेलमा मछिन्द्र क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध अग्रता लिएको छ ।

नवौं मिनेटमा देवेन्द्र तामाङको फ्रिकिक आर्मीका गोलरक्षक बिकेश कुथुले सहजै बचाए । १३अौं मिनेटमा कप्तान भरत खवासको कर्नरमा बिकास खवासको हेडर बाहिरियो। २०अौं मिनेटमा सुमन अर्यालको क्रस पासमा जर्जप्रिन्स कार्कीको प्रहार फितलो बन्यो । २२अौं मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा कप्तान भरत खवासको हेडर डिफ्लेक्ट हुँदै बाहिरियो ।
३३अौैं मिनेटमा रन्जित धिमालले फ्रिकिकमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । उनको फ्रिकिक विकास तामाङलाई डिफ्लेक्ट हुँदै गोल भएको थियो । बल बचाउने क्रममा गोलरक्षक बिकेश कुथु घाईते भएपछि खेल झन्डै १० मिनेट रोकिएको थियो । खेल्न नसक्ने भएपछि उनलाई सिधै अस्पताल लगिएको थियो ।
शनिबारको खेलमा आर्मीले उपाधि जित्न बराबरी मात्र गरे पुग्नेछ भने मछिन्द्रले जित्नैपर्ने दबाब छ । १२ खेलको समाप्तीमा आर्मीको २९ अंक पुगेको छ भने दोस्रो स्थानमा झरेको मछिन्द्रको २८ अंक छ । १२ खेलमा समान ९ जित, २ बराबर र १ हार भएपनि मछिन्द्र १ अंकले पछी छ । गत वर्ष लिगमा अंकतालिकाको पुछारबाट दोस्रोमा रहेका कारण मछिन्द्रको यो वर्ष एक अंक घटाइएको थियो ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]