default_image

6 years ago

February 16, 2020

बाँसबारीलाई अराउन्ड द हिमालयजको प्रायोजन

191 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अराउन्ड द हिमालयज प्रालिले बी डिभिजन लिगको क्लब बाँसबारीलाई प्रायोजन गर्ने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बाँसबारी क्लबले आफ्नो मुख्य प्रायोजकको रुपमा अराउन्ड द हिमालयज प्रालिसंग १ वर्षको लागि सम्झौता गरेको छ ।

बाँसबारी क्लबका अध्यक्ष प्रेम थापा र अराउन्ड द हिमालयजका कार्यकारी निर्देशक सुदामा कार्कीले सम्झौंता पत्रमा हस्ताक्षर गरेका छन् । अराउन्ड द हिमालयज प्रालिले १ वर्षको लागि बाँसबारीलाई प्रायोजन गरेको जनाएको छ । अराउन्ड द हिमालयज पर्यटन व्यवसायसंग सम्बन्धित संस्था हो । २०६९ सालमा ए डिभिजनबाट रेलिगेसनमा परेको बाँसबारीले यसपटक शीर्ष डिभिजनमा उक्लने लक्ष्यसहित टोली निर्माण गरेको जनाएको छ ।

प्रायोजन बापत अराउन्ड द हिमालयजले बाँसबारी क्लबलाई १० लाख रुपैयाँ प्रदान गर्नेछ । यससँगै क्लबको नाम अराउन्ड द हिमालयज बाँसबारी क्लब रहनेछ । १ वर्षसम्म क्लबले प्रतिस्पर्धा गर्ने हरेक प्रतियोगितामा जर्सीमा प्रायोजकको लोगो अंकित हुनेछ । बाँसबारी क्लबका अध्यक्ष प्रेम थापाले आफ्नो लक्ष्य ए डिभिजन लिगमा उक्लिने रहेको बताए । उनले अब बाँसबारी क्लबको लक्ष्य लामो समयसम्म ए डिभिजनमा पनि टिक्ने बताए । बाँसबारी क्लबले आफ्नो बी डिभिजनको लागि आफ्नो अनुमानित बजेट ३५ लाख रहेको जनाएको छ । प्रायोजनसँगै बाँसबारी क्लबलाई काठमाडौं महानगरपालिकाले ३ लाख रुपैयाँ सहयोग गर्नेछ ।

त्यस्तै अराउन्ड द हिमालयज प्रालि कार्यकारी निदेशक सुदामा कार्कीले आफु स्थानिय हुनुका साथै सामाजिक जिम्मेवारी सम्झंदै क्लबलाई प्रायोजन गरेको र यसबाट मुनाफा नसोचेको बताए । अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेपाले जिल्ला र क्लब बलियो भएमात्रै देशको फुटबल बलियो हुने बताए । शेर्पाले एन्फाले आगमी दिनमा सबै जिल्लामा ट्रेनिङ सेन्टर स्थापना गर्दै ग्रासरुट बलियो बनाउने बताएका छन् । एन्फाले बी डिभिजनका सबै क्लबलाई लिगका लागि १० लाख प्रदान गर्ने शेर्पाले बताए ।

फागुन दोस्रो सातादेखि सुरु हुने सहिद स्मारक बी डिभिजन लिगको लागि बाँसबारी क्लबले राष्ट्रिय टोलीका पूर्व खेलाडी तथा प्रशिक्षक युगलकिशोर राईलाई मुख्य प्रशिक्षकको नियुक्त गरेको छ । क्लबले यसपटक बी डिभिजन लिगका लागि २२ खेलाडी र ३ प्रशिक्षकसँग सम्झौता गरेको जनाएको छ । मुख्य प्रशिक्षकका रुपमा राई तथा सहायक प्रशिक्षक निशान श्रेष्ठ छन् । भारतबाट कन्डीसनिङ प्रशिक्षकका रुपमा कपिल फोगाटलाई टोलीमा समेटेको छ । यस्तै टोलीमा यसपटक ए डिभिजनका अनुभव बोकेका खेलाडीहरुको पनि उपस्थिति रहेको बाँसबारी क्लबले जनाएको छ ।

बाँसबारीमा अन्जन देवकोटा (कप्तान), टंकप्रसाद गुरुङ, सुलेमान थापामगर, अनिल गुरुङ, अनुज भण्डारी, अमृत श्रेष्ठ, भिष्मराज घिमिरे, शिव गुरुङ, निशान सुनार, सजिन थापामगर, सुरेश कुमाल, विशाल स्याङतान, सुदिश जबेगु, केशव खड्का, विपिन गुरुङ, रोशन नेपाल, संजय सुब्बा, अजय राजवंशी, दिपांशु राउतलगायत खेलाडी छन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.