6 years ago
February 16, 2020
हिमाल खरेल, बिर्तामोड
सताक्षी गोल्डकपको तेस्रो संस्करणको उद्घाटन खेलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबले जित हासिल गर्दै सेमिफाइनल यात्रा तय गरेको छ । ए डिभिजन क्लब नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब विरुद्व १–० को जित निकाल्दै घरेलु मैदानमा आयोजकले विजयी सुरुवात गरेको हो ।

झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा भएको उद्घाटन खेलमा आयोजकले लिगको तेस्रो स्थानमा रहेको मनाङलाई हराएको हो । खेलको ५० औँ मिनेटमा मनिष थापाले पहिलो गर्र्दै खेलमा खाता खोलेका थिए । आशिष राईको क्रसमा मनिषले गोल गरेका थिए । त्यहि गोल खेलको निर्णायक बन्यो ।
यसअघि खेलको १९ औं मिनेटमा आयोजकै मनिषको प्रहार बाहिरिएको थियो । २२ औँ मिनेटमा आयोजकका गोलकिपर मनोज प्रधानले विपक्षीको हेडर उत्कृष्ट बचाउ गरेका थिए । खेलको ३८ औँ मनाङका सुशील लामाको प्रहार आकाशिएको थियो ।

४० औँ मिनेटमा मनाङका कप्तान कमल श्रेष्ठको फ्रिकिक प्रहार पोष्ट नजिकबाट बारिहएको यिो । त्यस्तै, मनाङका अञ्जन विष्टको क्रसलाई आयोजकका कप्तान सजित राईले क्लियर गरिदिएका थिए ।
खेलको म्यान अफ दि म्याच बनेका विजेता टोलीका मनिषले १० हजार रुपैयाँ प्राप्त गरेका छन् । तेस्रो संस्करणको सताक्षी गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लबसँगै रुस्लान थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, लिग विजेता सानमिगेल मछिन्द्र क्लब, गोर्खा ब्वाइज फुटबल क्लब, बेलबारी फुटबल क्लब मोरङ, आयोजक टिम र भारत दार्जिलिङको एमएफसी क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ६ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करण आर्मीले जितेको थियो ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]