default_image

6 years ago

February 16, 2020

राष्ट्रिय फुटबल टोलीको तयारी २ साता पछि सुरु हुने

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चाइनिज ताइपे र अष्ट्रेलियाविरुद्ध घरेलु मैदानमा हुने विश्व कप र एएफसी एसियन कप छनोटको एक महिना अघिबाट मात्र राष्ट्रिय फुटबल टोलीले तयारी सुरु गर्ने भएको छ ।


कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग सकिए लगत्तै मोफसलका गोल्ड कप सुरु भएकाले अखिल नेपाल फुटबल संघ (एन्फा) ले केहि दिन पछिबाट मात्र राष्ट्रिय टोलीको तयारी सुरु गर्ने जनाएको छ । एन्फाका अनुसार टोलीको प्रशिक्षण फागुन १८ गतेबाट सुरु हुनेछ ।

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक जोहान कालिनले फिफा विश्वकप कतार २०२२ तथा एएफसी एसियन कप चीन २०२३ छनोट अन्तर्गत घरेलु मैदानमा हुने खेलको लागि शनिबार ३१ खेलाडीलाई प्रारम्भिक छनोट गर्दै प्रशिक्षणमा डाकेका थिए । नेपाली टोली र चाइनिज ताइपेबीच चैत १३ गते तथा नेपाल र अष्ट्रेलियाबीचको खेल चैत १८ गते दशरथ रंगशालामा हुनेछ ।

राजधानीमा शनिबार सम्पन्न लिगको प्रदर्शनका आधारमा टोली घोषणा गरिएको हो । लिगमा उत्कृष्ट प्रदर्शन गरेका केहि नयाँ अनुहार पनि टोलीमा समेटिएको छ । लिगको उदीयमान खेलाडी एनआरटीका मिडफिल्डर दर्शन गुरुङसँगै उनको टोलीका एरिक विष्ट समेटिएका छन् । प्रभु बैंक जावलाखेल क्लबका रक्षक दिलेन लोक्तान र मिडफिल्डर पुजन उपरकोटी पनि प्रशिक्षणमा बोलाइएका छन् ।

रक्षक अमित तामाङले ३ वर्षपछि प्रशिक्षणमा पुनरागमन गर्दा जर्जप्रिन्स कार्कीले पनि टोलीमा समेटिएका छन् । लिगका सर्वाधिक गोलकर्ता आशिष लामा ३१ सदस्यीय टोलीमा परेका छन् । यसै साता एन्फाको निलम्बनबाट फुकुवा भएका विमल घर्ती मगर भने टोलीमा परेनन् । लिगमा उनले शनिबार मात्र त्रिभुवन आर्मी क्लबविरुद्ध सानमिगेल मछिन्द्र क्लबबाट खेलेका थिए ।

विमलसँगै निलम्बनमा परेका दीनेश राजवंशी र सन्तोष तामाङ पनि यसपटक समेटिएका छैनन् । निलम्बन फुुकुवा भएका ४ मध्ये अञ्जन विष्ट भने टोलीमा फर्केका छन् । नेपालले विश्व कप छनोटमा अहिले सम्म ५ खेलमा १ खेल जितेको छ भने बाँकी सबै खेल गुमाएको थियो । चाइनिज ताइपेविरुद्ध २–० को जितमा दुवै गोल अन्जनल नै गरेका थिए ।

विदेशी लिगमा व्यस्त रहेका कारण रोहित चन्द, किरण चेम्जोङ र अभिषेक रिजाल भने टोलीले उपलब्ध गराएपछि राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल हुने बताइएको छ । रोहित इन्डोनेसिया, किरण भारत र अभिषेक माल्दिभ्समा व्यस्त छन् ।

प्रशिक्षणमा डाकिएका ३१ खेलाडी

गोलरक्षक – विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने

रक्षक – रञ्जित धिमाल, सुमन अर्याल, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी, छिरिङ गुरुङ, विकास खवास, अनन्त तामाङ, देवेन्द्र तामाङ, दिलेन लोक्तान

मिडफिल्डर – विशाल राई ‘बी’, सेसेहाङ आङदेम्बे, तेज तामाङ, विक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ, पुजन उपरकोटी, एरिक विष्ट, सुजल श्रेष्ठ, रवि पासवान, सुनिल बल, अञ्जन विष्ट

फरवार्ड – जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा र विमल राना

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.