5 years ago
February 17, 2020
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय महिला लिग (आईडब्लूएल) मा उच्च प्रदर्शन गर्दै राष्ट्रिय महिला टोली एवं एपिएफकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) र मिडफिल्डर अनिता बस्नेत सोमबार स्वदेश फर्किएका छिन् । शुक्रबार भएको फाइनलमा क्रिप्सा एफसीलाई ३–२ ले हराउँदै सावित्रा सम्मिलित गोकुलम केरला एफसी लिग उपाधि जितेको थियो ।
सावित्राको निर्णायक गोलमा गोकुलम च्याम्पियन बनेको थियो । २–२ को बराबरीको अवस्थाबाट सावित्राले खेल सकिन ३ मिनेट बाँकी रहँदा निर्णायक गोल गर्दै टोलीलाई च्याम्पियन बनाएकी हुन् । गोकुलमको सबै जितमा सावित्रा केन्द्रमा रहिन् ।
टोलीले खेलेका लिगका सबै ७ खेलमा सावित्राले गोल गरिन् । उनले लिगभर १६ गोल गरिन् । त्यसअघि प्ले अफमा पनि उनले ह्याट्रिक गरेकी थिइन् । लिगको उच्च गोलकर्ता बनेकी सावित्राले १ लाख भारतीय रुपैयाँ प्राप्त गरिन् ।
लिगमा पहिलो खेलमा श्री भुमीविरुद्ध सावित्राले निर्णाक गोल गरेकी थिइन् । सावित्राले ओडिसा पुलिस र केन्क्रे एफसीविरुद्ध समान ५ गोल गरेकी थिइन् । विदेश ११ एससी र बैंगलोर युनाइटेड फुटबल क्लबसँग पनि सावित्राले समान १ गोल गरिन् ।
राष्ट्रिय टोली तथा एपिएफकी सहकर्मी अनिता बस्नेत सम्मलित गत वर्षको च्याम्पियन सेथु एफसी विरुद्धको सेमिफाइनलमा पनि २ गोल गरेकी थिइन् । सावित्रा र अनिताले गत वर्ष सेथुबाट खेल्दै टोलीलाई लिग च्याम्पियन बनाएका थिए । त्यति बेला सावित्राले १५ गोल गरेकी थिइन् ।
आइडब्लूएलको फाइनल हेर्न पुगेका एन्फा महिला फुटबलका प्रमुख हरि खड्का पनि उनीहरुसँगै फर्केका छन् ।
उनीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महिला समितिका संयोजककी पेमा डोल्मा लामा र फिफा सहायक रेफ्री विना श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]