default_image

6 years ago

February 17, 2020

हजार्डको पूनरागमनमा रियालको बराबरी

211 views

0 Bookmark

एजेन्सी – बेल्जियन फरवार्ड इडेन हजार्डले झन्डै दुई महिनापछि चोटबाट पूनरागमन गरेको खेलमा रियाल म्याड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ । रियमल घरेलु मैदानमा सेल्टा डि भिगोसँग २–२ गोलको बराबरीमा रोकिएको हो । 

बराबरीपछि रियालले शीर्षस्थानमा बार्सिलोनालाई एक अंकको पछि पारेको छ । रियालको २४ खेलबाट ५३ तथा समान खेलबाटै बार्सिलोनाको ५२ अंक छ । रियाललाई रोकेको सेल्टा २१ अंक जोडेर १७औं स्थानमा छ । रियालका टोनी क्रुस र कप्तान सर्जियो रामोसले गोल गरे । सेल्टाका फेडर स्मोलोभ र सान्टी मिनाले गोल गरे ।

सान्टियागो बर्नबेउमा आइतबार राति भएको रियाल खेलको पाँचौ मिनेटमा फेडेर स्मोलोभको गोलबाट पछि परेको थियो । उनले इयागो आस्पासको पासमा गोल गर्दै सेल्टालाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफको शुरुमै रियालले बराबरी गोल फर्काउन सफल भयो । ५२औं मिनेटमा मार्सेलोको पासमा टोनी क्रुसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६५औं मिनेटमा कप्तान सर्जियो रामोसले पेनाल्टीमा गोल गर्दै रियाललाई खेलमा २–१ को अग्रता दिलाए ।

हजार्डलाई पेनाल्टी बक्समा सेल्टाका गोलरक्षक रुवेन ब्लान्कोले फउल गरेपछि रियालले पेनाल्टी पाएको थियो । जसलाई रामोसले सदुपयोग गरे । ८५औं मिनेटमा डेनिस सुआरेजको पासमा सान्टी मिनाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा रियाल सेल्टासँग बराबरीमा रोकिन बाध्यो बन्यो ।

गत नोभेम्वरमा पीएसजीविरुद्धको च्याम्पियन्स लिगको समूह चरणमा चोट बोकेका हजार्डले पहिलो रोजाईमा मैदानमा उत्रने मौका पाएका थिए । उनलाई दोस्रो हाफमा भिनिसियस जुनियरले प्रतिस्थापन गरेका थिए ।

अन्य नतिजा
ग्रानडाविरुद्ध रियल भालाडोलिड (–१)
सेभियाविरुद्ध इस्पान्योल (२–२)
लेगानेसविरुद्ध रियल बेटिस (०–०)
एथ्लेटिको बिल्वओविरुद्ध ओसासुना (०–)

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.