6 years ago
February 17, 2020
काठमाडौं (हाम्रो खेलकुद)– भारतीय महिला लिग (आईडब्लूएल) मा पुगेर खेल जीवनमै पहिलो पटक एकअर्काविरुद्ध खेलेका राष्ट्रिय टोली एवंम् एपिएफका सावित्रा भण्डारी ‘सम्बा’ र अनिता बस्नेतको अनुभव भने समान खालको पाइयो ।

सावित्रा सम्मिलित गोकुलम केरला एफसी र अनिता समावेश सेथु एफसीबीच सेमिफाइनलमा भेट भएको थियो । जसमा गोकुलम ३–१ ले जित्दा सवित्राले २ गोल गरेकी थिइन् । सावित्राको टोली लिगको च्याम्पियन बनेको थियो ।
सेथुसँग खेल्दा खेल्दा प्रत्येक बलमा अनिता दिदीलाई देख्थे । कति बेला झुकिन्थे पास दिन्छुकी जस्तो पनि हुन्थ्यो,’ सोमबार अनितासँगै स्वदेश फर्केकी सावित्राले स्मरण गरिन्,‘ व्यवसायिक जीवनमा एक अर्काविरुद्ध खेल्दा आफ्नो टोलीलाई जिताउनका लागि खेल्नुपर्छ ।’
सावित्राविरुद्ध खेल्दा गाह्रो भएको अनिताले पनि सुनाइन् । ‘ जति नदेखाएपनि भित्र गाह्रो भएको थियो , ’ अनिताले सम्झिइन्,‘ फिल्डमा भेट्दा अर्के फिल भएको थियो । मोरल अलिक डाउन जस्तो । खेल्दा उसलाई नै पो पास दिन्छुकी जस्तो भएको थियो ।’

छ वर्षे खेल जीवनमा यी दुई खेलाडी पहिलो पटक फरक क्लबबाट खेलेका थिए । सन् २०१४ देखि राष्ट्रिय टोलीमा सँगै खेलिरहेका सावित्रा र अनिता एपिएफमा भने केहि सयमको फरकमा आबद्ध भएका थिए ।
सावित्रा २०७१ र अनिता त्यो भन्दा केहि महिना अघि एपिएफमा आबद्ध भएकी थिइन् । पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा यी दुई जना पहिलो पटक राष्ट्रिय टोलीमा परेका थिए । त्यसयता दुवै राष्ट्रिय टोलीका नियमित सदस्य रहँदै आएका छन् ।
सावित्रा लगातार दोस्रो पटक च्याम्पियन बनेर फर्कदा अनिताको टोली भने सेमिफाइनल सम्म पुगेको थियो । नयाँ क्लब गोकुलम केरला एफसीलाई यसपटक च्याम्पियन बनाउन सावित्राको भूमिका महत्वपूर्ण रह्यो । गत वर्षको विजेता सेथु एफसीलाई सेमिफाइनल सम्म पु¥याउन अनिताले पनि आफ्नो तर्फबाट सक्दो प्रयास गरिन् । गत वर्ष भने दुवैले सेथुबाट खेलेका थिए ।

गत वर्ष भारत जाने बेलामै टोलीलाई जिताउने र उच्च गोलकर्ता बन्ने लक्ष्यका साथ गएको स्मरण गर्दै सावित्राले भनिन्, ‘यसपटक दुवै इच्छा पुरा भएको छ ।’ उनले गत वर्ष पनि उच्च गोलकर्ताको अपेक्षा गरेपनि सफल नभएको सम्झिइन् ।
‘व्यक्तिगत अवार्डको अपेक्षा पनि थियो । राम्रो खेल्दा पनि गत वर्ष पुरा गर्न सकिन्,’ स्वदेश फर्केपछि उनले भनिन्,‘त्यो इगो थियो । यसपटक पनि टोलीलाई च्याम्पियन बनाउँछु र हाइएस्ट स्कोर पनि बन्छु भन्ने इगो थियो । सफल भए । खुसी लागेको छ ।’
भारतीय लिगमा नेपालको दाजोमा प्रतिस्पर्धा हुने उनको अनुभव छ । ‘हामीका कहाँ तीन विभाग बीच बढी प्रतिस्पर्धा हुन्छ । अरु क्लबसँग त्यस्तो प्रस्पिर्धा हुँदैन,’ उनले थपिन्,‘त्यहाँ चाहीँ सबै क्लब उस्तै थिए । त्यत्ति कमजोर कोहि थिएन ।’
सावित्राको निर्णायक गोलमा गोकुलम च्याम्पियन बनेको थियो । क्रिप्साविरुद्ध २–२ को बराबरीको अवस्थाबाट सावित्राले खेल सकिन ३ मिनेट बाँकी रहँदा निर्णायक गोल गर्दै टोलीलाई च्याम्पियन बनाएकी हुन् । गोकुलमको सबै जितमा सावित्रा केन्द्रमा रहिन् ।

टोलीले खेलेका लिगका सबै ७ खेलमा सावित्राले गोल गरिन् । उनले लिगभर १६ गोल गरिन् । त्यसअघि प्ले अफमा पनि उनले ह्याट्रिक गरेकी थिइन् । लिगको उच्च गोलकर्ता बनेकी सावित्राले १ लाख भारतीय रुपैयाँ प्राप्त गरिन् ।
लिगमा पहिलो खेलमा श्री भुमीविरुद्ध सावित्राले निर्णाक गोल गरेकी थिइन् । सावित्राले ओडिसा पुलिस र केन्क्रे एफसीविरुद्ध समान ५ गोल गरेकी थिइन् । विदेश ११ एससी र बैंगलोर युनाइटेड फुटबल क्लबसँग पनि सावित्राले समान १ गोल गरिन् ।
सावित्रा र अनिताले सम्मलित सेथु गत वर्ष च्याम्पियन बनेको थियो । त्यति बेला सावित्राले १५ गोल गरेकी थिइन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]