default_image

6 years ago

February 17, 2020

थ्री स्टार सताक्षी गोल्डकपको सेमिफाइनलमा

159 views

0 Bookmark

हिमाल खरेल, झिलझिले (झापा)

रुस्लान थ्री स्टार क्लब तेस्रो सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगको छ । बेलबारी फुटबल क्लबलाई सोमबार ३–० ले हराउँदै थ्री स्टार अन्तिम चारमा पुगेको हो ।

थ्री स्टारले अब सेमिफाइनलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबको सामना गर्नेछ । आयोजक टोली नेपाल आयोल निगम मनाङ मस्र्याङ्दी क्लबलाई स्तब्ध पार्दै अघि बढेको थियो ।

प्रदेश १ को उपविजेता बेलबारीविरुद्ध थ्री स्टार क्लबले सन्जोग राईको गोलमा नवौं मिनेटमा अग्रता लिएको थियो । विपक्षीको हेडर फ्लिक भएको मौकामा उनले गोल गरेका हुन् ।

१४ औं मिनेटमा सुशील राईले गोल गर्दै अन्तर दोब्बर पारे । सञ्जोगको पासमा उनले गोल गरेका हुन् । ५४ औं मिनेटमा सञ्जोगले अर्को गोल थप्दै टोलीलाई बलियो अवस्थामा पु¥याएका थिए ।

खेलको २३ औँ मिनटमा बेलबारीलाई गोल गर्ने अवसर मिले पनि मिस पास हुँदा थ्री स्टारका डिफेन्सले क्लियर गरिदिए । पहिलो हाफको अन्तिम मिनेटमा बेलबारीका वीरेन्द्र लिम्बूलाई पेनाल्टी बक्सको केहि बाहिर लडाउँदा पाएको फ्रिकिक प्रहार ब्लक हुँदा बेलबारीले गोल गर्ने अवसर गुमायो । भूषण सुब्बाको सो प्रहार ब्लक भएको थियो ।

सञ्जोग राई खेलको म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताका विजेताले ६ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.