default_image

4 years ago

February 17, 2020

बेन्चमा आफ्नै खेलाडी पिटेपछि प्रशिक्षकलाई रातो कार्ड

एजेन्सी – मैदानभित्र विपक्षी खेलाडीसँग मात्र होइन, आफ्नै टोलीको खेलाडीसँग झगडा गर्दा रेफ्रीले कार्ड दिएको घटना बेलाबेलामा भइरहन्छ । तर इटालीको चौथो श्रेणीको लिगअन्तर्गत आइतबार भएको खेलमा बेन्चमा आफ्नै खेलाडीमाथि हात उठाउँदा रेफ्रीले प्रशिक्षकलाई रातो कार्ड देखाएका छन् । ग्रोसेटो र मोन्टेरोसीबिचको खेलमा ग्रोसेटोका प्रशिक्षक लाम्बेर्तो माग्रिनीले बेन्चमा फर्कने क्रममा रहेका खेलाडीलाई हात उठाउँदा रातो […]

45 views

0 Bookmark

एजेन्सी – मैदानभित्र विपक्षी खेलाडीसँग मात्र होइन, आफ्नै टोलीको खेलाडीसँग झगडा गर्दा रेफ्रीले कार्ड दिएको घटना बेलाबेलामा भइरहन्छ । तर इटालीको चौथो श्रेणीको लिगअन्तर्गत आइतबार भएको खेलमा बेन्चमा आफ्नै खेलाडीमाथि हात उठाउँदा रेफ्रीले प्रशिक्षकलाई रातो कार्ड देखाएका छन् ।

ग्रोसेटो र मोन्टेरोसीबिचको खेलमा ग्रोसेटोका प्रशिक्षक लाम्बेर्तो माग्रिनीले बेन्चमा फर्कने क्रममा रहेका खेलाडीलाई हात उठाउँदा रातो कार्डको सामना गर्नुपर्यो । ग्रोसेतो खेलमा १-० ले अगाडी रहेको अवस्थामा मिडफिल्डर रिकार्डो क्रेटेलालाई परिवर्तन गरे । उनको स्थानमा माटिया राभानेली मैदान प्रवेश गरेपछि रिकार्डोले बेन्चमा फर्कने क्रममा असन्तुष्टि जनाए ।

बेन्चमा पस्ने क्रममा खुट्टा बजार्दै छिरेका रिकार्डोको व्यवहार प्रशिक्षक माग्रिनीलाई पचेन । उनले रिकार्डोको टाउकोमा हात उठाए र उनलाई बेन्चमा बस्न भन्दै धेकेले । प्रशिक्षकको यो व्यवहारले बेन्चमा रहेका अन्य खेलाडी र अफिसियल पनि आश्चर्यमा परे ।

घटनापछि प्रशिक्षक माग्रिनीले केहि नभएको जस्तै हाउभाउ देखाएपनि रेफ्रीले उक्त घटनालाई यसै जान दिएनन् । रेफ्रीले प्रशिक्षक माग्रिनीलाई रातो कार्ड देखाउँदै सहायक प्रशिक्षकसँग छलफलपछि मैदान छाड्न आग्रह गरे । माग्रिनीले टचलाइन छाडेपनि ग्रोसेटोले खेल १-० ले नै जित्यो ।

यस घटनाले माग्रिनीलाई लामो समय प्रतिबन्ध हुने सम्भावना बढेको छ । उनी गतवर्ष मात्र छैटौं पटक क्लबमा प्रशिक्षकको रुपमा नियुक्त भएका थिए । पछिल्लो २३ वर्षदेखि इटालीको तल्लो श्रेणीमा प्रशिक्षक रहेका उनले यसबीचमा १३ फरक क्लबमा जिम्मेवारी निर्वाह गरेका छन् । उनले खेलाडी करीअर पनि तल्लो श्रेणीमा नै बिताएका थिए ।

हेर्नुहोस उक्त घटनाको भिडियो :

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.