default_image

6 years ago

February 18, 2020

युनाइटेडसँग चेल्सीको हार

179 views

0 Bookmark

एजेन्सी – दुई गोलले भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर)को मान्यता नपाउदा लन्डन क्लब चेल्सीले म्यानचेस्टर युनाइटेडसँग हार बेहोरेको छ । चेल्सीले घरेलु मैदानमा युनाइटेडसँग २–० को हार बेहोरेको हो ।

स्टामफोर्ड ब्रिजमा युनाइटेडका एन्थोनी मार्सियल र ह्यारी मिगुएरले गोल गरे । प्रतिस्पर्धात्मक खेलको ४५औं मिनेटमा आरोना वान बिशाखाको पासमा एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा मिचेल बात्सुयाई र पेड्रो रोड्रिग्वेजले काउन्टर एट्याकमा मौका पाएपनि प्रहार गर्न ढिला गर्दा चेल्सी बराबरीबाट चुक्यो ।

त्यसअघि २१औं मिनेटमा ह्यारी मिगुएर रातो कार्डबाट बचेको थियो । चेल्सीको टचलाइनमा लड्न पुगेका मिगुएरले मिचेल बात्सुयाईलाई अनावश्यक फउल गर्न पुगेका थिए । भिएआरमा उनले कुनै गलत आचरण नगरेको भन्दै उनी रातो कार्डबाट बचेका थिए ।

दोस्रो हाफमा चेल्सीले बल पोजेसन राख्दै युनाइटेडलाई दवावमा राख्न सफल भएको थियो । ५४औं मिनेटमा कोर्ट जोउमाले गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा चेल्सी बराबरीबाट चुक्यो । मासन माउन्टले क्लोज रेन्जबाट गरेको क्रसलाई कोर्ट जोउमाले गोल गरेपनि भिएआरमा चेल्सीका कप्तान सेसरले ब्रान्डन विलियम्सलाई धकेलिएको देखिएको थियो ।

६६औं मिनेटमा ब्रनो फर्नान्डेजको पासमा ह्यारी मिगुएरले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । ७७औं मिनेटमा चेल्सीको अर्काे गोलमा भिएआर नै बाधक बन्यो । ओलिभर जिरुउडले गोल गरेपनि उनी अफसाइड ठहरिए । त्यसपछि पनि चेल्सीले केही मौका गुमाउदा घरेलु मैदानमा २–० ले पराजित हुन पुग्यो ।

हारसँगै चेल्सी २६ खेलबाट ४१ अंक जोडेर चौथो स्थानमा यथावत रहँदा पाँचौ स्थानको टोटेनहमसँग अंक दुरी बढाउने मौका गुमायो । युनाइटेड ३८ अंक जोडेर सातौ स्थानमा उक्लिएको छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.