default_image

4 years ago

February 19, 2020

हालान्ड चम्कँदा डर्टमुन्डले पीएसजीलाई हरायो

एजेन्सी – नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको उत्कृष्ट प्रदर्शनमा बोरुसिया डर्टमुन्डले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गरेको छ । घरेलु मैदान सिग्नाल इदुना पार्कमा हालान्डले २ गोल गरेपछि डर्टमुन्ड २-१ ले विजयी भएको हो । पीएसजीका लागि नेयमारले गोल गरेका थिए । निकै […]

39 views

0 Bookmark

एजेन्सी – नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको उत्कृष्ट प्रदर्शनमा बोरुसिया डर्टमुन्डले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गरेको छ ।

घरेलु मैदान सिग्नाल इदुना पार्कमा हालान्डले २ गोल गरेपछि डर्टमुन्ड २-१ ले विजयी भएको हो । पीएसजीका लागि नेयमारले गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । हालान्डले जारी सिजन २९ खेलमा नै ३९ गोल गरिसकेका छन् । डर्टमुन्ड आएयता नै उनले ११ गोल गरेका छन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको ६९ औं मिनेटमा हालान्डको गोलमा डर्टमुन्डले अग्रता लियो । राफेल गुरेरोको प्रहार ६ यार्ड बक्सभित्र डिफेन्डरलाई लाग्दै फुस्केपछि उक्त बललाई हालान्डले गोलमा परिणत गरेका थिए । ७५ औं मिनेटमा नै नेयमारले किलियन एम्बाप्पेको क्रसलाई सदुपयोग गर्दै गोल गरेपछि खेल बराबरीमा आएको थियो ।

तर हालान्डले पीएसजीको अग्रता दुई मिनेट पनि टिक्न दिएनन् । उनले पेनाल्टी क्षेत्रको बाहिरबाट गरेको शक्तिशाई प्रहार पीएसजीका गोलरक्षक केलर नाभासले बचाउने कुनै मौका पाएनन् । पहिलो हाफमा पनि केहि अवसर पाएका हालान्डले च्याम्पियन्स लिगको आफ्नो उच्च लयलाई कायम राख्न सफल रहे ।

खेलको दोस्रो लेग मार्च ११ मा पेरिसको घरेलु मैदानमा हुनेछ । पहिलो लेगको नतिजाले प्रशिक्षक थोमस टुचेलमाथि भने निकै दबाब थपिएको छ । २ सिजन डर्टमुन्डमा बिताएका टुचेलले पीएसजीलाई लगातार ४ सिजनपछि क्वाटरफाइनलमा पुर्याउने लक्ष्य राखेका छन् ।

April 27, 2024

बर्नलीसँग म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा डिफेन्समा भएको […]

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

April 27, 2024

सुदूरपश्चिमको जितमा यशोदाको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – यशोदा चिरालको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा शनिबार बागमती प्रदेशलाई एकपक्षीय खेलमा ६–० ले हराएको छ। छनोटमा सुदूरपश्चिमको यो तेस्रो जित हो । बागमतीको भने यो लगातार चौथो हार हो। सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सुदूरपश्चिमले आधा दर्जन गोल गर्ने क्रममा यशोदाले २६ औं मिनेटमा गोलको खाता खोलिन् । २९औं मिनेटमा […]

Success

Thank you for your time.