default_image

6 years ago

February 19, 2020

एट्लेटिकोसँग लिभरपुलको हार

134 views

0 Bookmark

एजेन्सी – डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा हार बेहारेको छ । मंगलबार राति लिभरपुल घरेलु टोली स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग १–० ले पराजित भएको हो ।

इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल पछिल्लो १५औं खेलमा दोस्रोपटक पराजित भएको हो । कारवाओ कपमा एस्टनभिल्लासँग ५–० ले पराजित भएयता लिभरपुल अपराजित रहेको थियो । यसक्रममा लिभरपुलले एफए कपमा स्रुजवरीसँग २–२ गोलको बराबरी खेलेको थियो । बाँकी १३ खेलमा जित निकाल्न सफल भएको थियो ।

घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा एट्लेटिकोको जितमा साउल निग्वेजले पहिलो हाफको शुरुमै गरेको गोल नै निर्णायन बन्न पुगेको थियो । लिभरपुल सम्हालिन नपाउदै खेलको चौथो मिनेटमा नै सउल निग्वेजको गोलबाट घरेलु टोलीले खेलम अग्रता बनाएको थियो । कप्तान कोकेको पासमा निग्वेजले क्लोज रेन्जबाट गोल गर्न सफल भएका थिए ।

सुरुवातमै पछि परेपछि लिभरपुलले बल पोजेसनमा पकड जमाउँदै घरेलु टोलीलाई दवावमा राख्दै २६औं मिनेटमा पहिलो आक्रमण बुनेको थियो । रोबर्टाे फिर्मिनोले मोहम्मद सलाहको पासमा गोल गरेपनि उनी अफसाइड ठहरिए । त्यसअघि २५औं मिनेटमा भर्जिल भान डाइकले अल्भेरो मोराटोको प्रहारलाई गोल लाइनबाट क्लियर गरिदिएका थिए ।

२९औं मिनेटमा फिर्मिनोको पासमा एन्ड्रिउ रोवर्टसनको प्रहार बाहिरियो । ३५औं मिनेटमा फिमिनोकै पासमा सलाहको प्रहारलाई फिलिपेले ब्लक गरिदिए । ५३औं मिनेटमा सलाहले अर्काे अवसर खेर फाल्दा लिभरपुल बराबरीबाट चुक्यो । ६८औं मिनेटमा अल्भेरो मोराटाले गोलको सुन्दर मौका खेर फाल्दा एट्लेटिको अग्रता दोब्बर पार्नबाट चुक्यो ।  त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा एट्लेटिको १–० ले विजयी हुन सफल भयो ।

अब दोस्रो लेग लिभरपुलको घरेलु मैदान एनफिल्डमा ११ मार्चमा हुनेछ । लिभरपुललाई अघिल्लो चरणमा पुग्न कम्तीमा पनि जित आवश्यक छ । एट्लेटिकोलाई अघिल्लो चरण पुग्न बराबरी नै पर्याप्त हुनेछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.