6 years ago
February 19, 2020
हिमाल खरेल, झापा
सहिद स्मारक ए डिभिजन लिग विजेता सानमिगेल मछिन्द्र क्लब गोर्खा ब्वाइज स्पोर्टिङ क्लब बुटवललाई २–१ ले पराजित गर्दै झापाको झिलझिलेमा जारी तेस्रो सताक्षी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलमा सुरुवाती अग्रता गोर्खा ब्वाइजले लिएपनि जित निकाल्न भने सकेन । खेलको १६ औं मिनेटमा गोर्खा ब्वाइजका काजिमले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले ओलाकेजीको पासलाई गोलमा परिणत गरेका थिए । मच्छिन्द्रले खेलको २५ औं मिनेटमा खेललाई बराबरीमा ल्यायो । रञ्जित धिमालले गरेको कर्नर प्रहारलाई विदेशी खेलाडी आन्द्रेस नियाले गोलमा परिणत गरे ।
त्यसको ८ मिनेटपछि नै मच्छिन्द्रले अग्रता दोब्बर बनायो । पेनाल्टी क्षेत्रभित्र सरोज योञ्जनले ह्याण्ड गरेपछि मछिन्द्रका फरवार्ड विमल घर्तीमगरले गोलमा परिणत गरे । त्यसपछि खेलमा दुवै टिमले गरको केही उत्कृष्ट प्रहार खेर गएका थिए ।
पहिलो हाफको सुरुवाती सयममा मछिन्द्रका विशाल राई ‘ए’ ले गरेको प्रहार फितलो हुँदा गोलमा परिणत हुन सकेन । खेलको २१ औं मिनेटमा मछिन्द्रका विराज महर्जनको प्रहार गोलरक्षक सोजित गुरुङले सहजै बचाएका थिए । २४ औं मिनेटमा गोर्खा ब्वाइजका ओलाकेजीको प्रहार बार नजिकैबाट बाहिएिको थियो भने ३९ औं मिनेटमा काजिमको प्रहार फितला रह्यो ।

७६ औं मिनेटमा गोर्खा ब्वाइजको प्रहारलाई मछिन्द्रका विदेशी खेलाडी एडेलाजिया सोमिडेले हेडमार्फत उत्कृष्ट बचाउ गरे । खेलमा उत्कृष्ट प्रदर्शन गरेका मछिन्द्रका विमल घर्तीमगर म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । मछिन्द्रले फाइनल प्रवेशका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।
सतासीधाम स्पोर्टिङ क्लबको आयोजनामा भएको खेलमा ए डिभिजन लिग विजेता मच्छिन्द्रले गोल्डकपमा सुखद् सुरुवात गरेको हो । प्रतियोगिता अन्तर्गत बिहीबारबाट सेमिफाइनलका खेलहरु हुनेछ । सेमिफाइनलको पहिलो खेल आयोजक सतासीधाम स्पोर्टिङ क्लब झापा र थ्री स्टार क्लबबीच हुनेछ । क्वाटरफाइनलमा आयोजकले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको हो भने थ्री स्टारले बेलबारी फुटबल क्लब मोरङलाई पराजित गरेको थियो ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]