default_image

6 years ago

February 20, 2020

लाइप्जिग र एटलान्टा विजयी

122 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग राउन्ड अफ १६ अन्तर्गत पहिलो लेगमा बुधबार भएको खेलमा जर्मन टोली आरबी लाइप्जिग र इटालियन टोली एटलान्टाले जित दर्ता गरेका छन् ।

लाइप्जिगले इंगलिस टोली टोटेनहम हट्स्परको मैदानमा १-० को जित दर्ता गरेको हो । खेलको दोस्रो हाफमा फरवार्ड टिमो वेर्नरले पेनाल्टीमा गोल गर्दै जित पक्का गरेका थिए । ५८ औं मिनेटमा डिफेन्डर बेन डेभिसले मिडफिल्डर कोन्राड लाइमेरलाई लडाएपछि प्राप्त पेनाल्टीमा वेर्नरले गोल गरे । त्यसअघि पहिलो हाफमा लाइप्जिगले उत्कृष्ट सुरुवात गरेपनि गोल गर्न सकेको थिएन ।

दिनको दोस्रो खेलमा एटलान्टाले घरेलु मैदानमा स्पेनिस टोली भ्यालेन्सियालाई ४-१ ले पराजित गर्यो । खेलको १६ औं मिनेटमा हान्स हाटेबोरले गोल गर्दै एटलान्टालाई अग्रता दिलाए । ४२ औं मिनेटमा जोसिप इलिचिचले अग्रता दोब्बर पारेपछि एटलान्टा सुदृढ अवस्थामा पुगेको थियो ।

दोस्रो हाफको ५७ औं मिनेटमा रिमो फ्रयूलर र ६२ औं मिनेटमा हाटेबोरले गोल गरेपछि एटलान्टा ४-० को बलियो स्थितिमा पुगेको थियो । भ्यालेन्सियाका डेनिस चेरेसेभले ६६ औं मिनेटमा गोल गरेपनि उक्त गोल सान्त्वनामा सिमित भयो ।

दुवै खेलको दोस्रो लेग मार्च १० मा हुनेछ । यसअघि मंगलबारको खेलमा एटलेटिको म्याड्रिडले लिभरपुललाई १-० ले पराजित गरेको थियो । त्यस्तै बोरुसिया डर्टमुन्डले पीएसजीलाई २-१ ले हरायो ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.