default_image

6 years ago

February 20, 2020

रोनाल्डो भन्छन् – ‘एमबाप्पे नै फुटबलको वर्तमान र भविष्य’

125 views

0 Bookmark

एजेन्सी – युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले फ्रान्सेली फरवार्ड किलियन एमबाप्पे नै फुटबलको वर्तमान र भविष्य रहेको बताएका छन् ।

सन् २०१६-१७ मा फ्रान्सेली लिगमा मोनाकोबाट खेल्दै विश्व फुटबलमा प्रवेश गरेका एमबाप्पेले छोटो समयमा नै अपार सफलता हासिल गरेका छन् । उनले फ्रान्सबाट खेल्दै फिफा विश्वकप तथा पीएसजी र मोनाकोका लागि ३ लिग उपाधिसँगै ३ घरेलु कप पनि उचालेका छन् । २१ वर्षको उमेरमा चर्चाको शिखर चुमेका एमबाप्पेलाई युरोपका ठूला टोलीले पछ्याइरहेका छन् ।

लोकप्रिय स्पेनिस संचारमाध्यम मार्सासँग अन्तर्वार्तामा बोल्दै रोनाल्डोले भनेका छन्, ‘एमबाप्पे विश्व फुटबलका वर्तमान र भविष्य हुन् । उनी उत्कृष्ट खेलाडी हुन् । उनको द्रुत गतिले पनि उनलाई अझ माथि लग्ने विश्वस्त छु ।’

पछिल्लो एक दशक रोनाल्डो र मेस्सीले दवदवा कायम गरेको विश्व फुटबलमा एमबाप्पेको उदयलाई धेरैले उनीहरुको उत्तराधिकारीको रुपमा जोडेर हेरेका छन् । एम्बाप्पेले गत सिजन सबै खेलमा गरेर ३९ गोल गरेका थिए । यस सिजन उनले २४ गोल गरिसकेका छन् जसमा लिगमा १५ गोल सामेल छ ।

यता रोनाल्डोले पनि जारि सिजन सुस्त सुरुवात गरेपनि पछिल्लो समय आफ्नो लय समाएका छन् । उनले सिजनभर २४ गोल गरेका छन् । जसमध्य पछिल्लो ८ खेलमा मात्र १२ गोल सम्भव भएको छ । उनकै प्रदर्शनमा युभेन्ट्स अंक तालिकाको शीर्ष स्थानमा छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.