6 years ago
February 20, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला टोली एवंम एपिएफकी फरवार्ड सावित्रा भण्डारी अर्को साता भारत जाने भएकी छिन् । गोकुलम केरला एफसीलाई भारतीय महिला लिग (आईडब्लूएल) च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेकी सावित्रा टोलीको विजयउत्सवमा सरिक हुन त्यसतर्फ जान लागेकी हुन् ।

अर्को शनिबार विजयउत्सव मनाउने तयारीमा आफुलाई बोलिएको सावित्राले हाम्रो खेलकुदलाई जानकारी दिइन । सावित्रा शुक्रबार केरेला जानेछिन् । गत साता टोलीलाई च्याम्पियन बनाउँदै सावित्रा आइतबार स्वदेश फर्केकी थिइन् ।
शुक्रबार भएको फाइनलमा क्रिप्सा एफसीलाई ३–२ ले हराउँदै सावित्रा सम्मिलित गोकुलम केरला एफसी लिग उपाधि जितेको थियो । सावित्राको निर्णायक गोलमा गोकुलम च्याम्पियन बनेको थियो । २–२ को बराबरीको अवस्थाबाट सावित्राले खेल सकिन ३ मिनेट बाँकी रहँदा निर्णायक गोल गर्दै टोलीलाई च्याम्पियन बनाएकी हुन् । लिग अवधिभर गोकुलमको सबै जितमा सावित्रा केन्द्रमा रहिन् ।
टोलीले खेलेका लिगका सबै ७ खेलमा सावित्राले गोल गरिन् । उनले लिगभर १६ गोल गरिन् । त्यसअघि प्ले अफमा पनि उनले ह्याट्रिक गरेकी थिइन् । लिगको उच्च गोलकर्ता बनेकी सावित्राले १ लाख भारतीय रुपैयाँ प्राप्त गरेकी थिइन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]