6 years ago
February 20, 2020
हिमाल खरेल, झापा
आयोजक सताक्षीधाम स्पोर्टिङ क्लबलाई पराजित गर्दै रुस्लान थ्री स्टार क्लब तेस्रो सताक्षी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनल खेलमाथ्री स्टार ३-१ ले विजयी रहयो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । खेलको ५९ औं मिनेटमा अनन्त तामाङले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । मिक्छेन तामाङले प्रहार गरेको कर्नरलाई अनन्तले हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए । सुरुवाती अग्रता लिएको १ मिनेट नबित्दै थ्री स्टारले अग्रता दोब्बर पार्यो । अशोक खवासको लामो प्रहार गोलरक्षक मनोज प्रधानको हातबाट फुस्किएर गोलमा परिणत भएको थियो ।
खेलको ८२ औं मिनेटमा कप्तान विक्रम लामाको गोलसँगै थ्री स्टारले जित सुनिश्चित गर्यो । खेल सकिन २ मिनेट बाँकी रहँदा पदम भट्टराईले पेनाल्टीमा गोल गर्दै सान्त्वना गोल गरे । खेलको म्यान अफ दि म्याच विजयी टोलीका अनन्त तामाङ घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
सतासीधाम स्पोर्टिङ क्लबल आयोजना गरेको प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ । दोस्रो सेमिफाइनल खेल लिग विजेता मच्छिन्द्र फुटबल क्लब र दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]