काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मिडफिल्डर जगजित श्रेष्ठले अस्ट्रेलियनबाट डेब्यू खेलमै २ गोल गरेका छन् । झन्डै ६ साताअघि अस्ट्रेलिया पुगेका उनले भिक्टोरिया स्टेटको बी डिभिजन ह्युम युनाइटेड एफसीसँग बिहीबार सम्झौता गरेका थिए । मासिक १ हजार ५ सय अमेरिकी डलरमा चार महिनाका लागि सम्झौता गरेका जगगितले शनिबार पहिलो खेलमै २ गोल गरेपछि ह्युम युनाइटेडले शनिबार स्पोर्टिङ विटलिसियालाई ३–२ ले हराएको थियो ।
फेसबुक स्टयाटसमार्फत जगजितले अस्ट्रेलियामा सहयोग पु¥याउने यति एफसी र नेपालीलाई धन्यवाद दिएका छन् । नेपालले गत बर्ष दुई महत्वपूर्ण उपलब्धी हासिल गर्दा जगगित पनि टोलीका सदस्य थिए । फागुनमा भारतमा १२ औं दक्षिण एसियाली खेलकुदमा यू २३ ले स्वर्ण पदक जित्नुअघि राष्ट्रिय टोलीले माघमा बंगलादेशमा बंगबन्धु गोल्डकप जितेका थिए ।