default_image

6 years ago

February 21, 2020

साता नबित्दै मछिन्द्र र आर्मी भिड्दै

145 views

0 Bookmark

झापा (हाम्रो खेलकुद)– एक साता नबित्दै कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको विजेता सानमिगल मछिन्द्र क्लब र उपविजेता त्रिभुवन आर्मी क्लबले एकअर्काको सामना गर्दैछन् । झापाको झिलझिलेस्थित गणेशमान स्मृति प्रतिष्ठान रंगशालामा जारी साताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज यी दुई टोलीले एक अर्काको सामना गर्दैछन् ।

भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई २–१ ले हराउँदै आर्मी सेमिफाइनल पुगेको थियो । मछिन्द्र गोर्खा ब्वाइज स्पोर्टिङ क्लब बुटवललाई २–१ ले नै पराजित गर्दै अन्तिम चारमा पुगेको थियो । आजको विजेताले फाइनलमा लिगको चौथो टोली रुस्लान थ्री स्टार क्लबको सामना गर्नेछ । थ्री स्टार आयोजक टोलीलाई हराउँदै बिहीबार फाइनल पुगेको थियो ।

शनिबार मात्र मछिन्द्र र आर्मीबीच त्रिुपुरेश्वरस्थित दशरथ रंगशालामा लिगको अन्तिम खेल भएको थियो । त्यो खेल १–० ले जित्दै मछिन्द्र पहिलो पटक लिग च्याम्पियन बनेको थियो । बराबरी गर्दा लिग जित्ने मौकालाई पनि आर्मीले उपयोग गर्न सकेन र दोस्रो स्थानमा चित्त बुझाउनु परेको थियो । आर्मी लिग उपाधिको नजिक पुगेर दोस्रो पटक विमुख भएको हो ।

२०६३ मा पनि आर्मी उपाधिको नजिक पुगेको थियो । अहिले जस्तै त्यति बेला पनि अन्तिम खेल बराबरी गर्दा लिग च्याम्पियन बन्ने अवस्था थियो । तर, अर्को विभागिय टोली नेपाल पुलिस क्लबसँग पराजित हुँदै आर्मी दोस्रो स्थानमा सिमित भएको थियो । त्यति बेला आर्मीलाई हराउँदै पुलिस भने पहिलो पटक लिग च्याम्पियन बनेको थियो ।

२०६१ सालबाट ए डिभिजन लिग खेल्न थालेको आर्मीले अहिले सम्म लिग जितेको छैन । एक साता नबित्दै आर्मीले पुनः मछिन्द्रको सामना गर्दा कस्तो नतिजा निस्केला फुटबलप्रेमीलाई पक्कै चासो रहनेछ । सतासीधाम स्पोर्टिङ क्लबल आयोजना जारी सताक्षी गोल्ड कपको विजेताले उपाधिसहित ६ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्दैछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.