default_image

6 years ago

February 21, 2020

मछिन्द्रसँग आर्मी फेरि पराजित

175 views

0 Bookmark

हिमाल खरेल, झिलझिले

सहिद स्मारक ए डिभिजन लिगको विजेता सानमिगल मच्छिन्द्र क्लब लिगकै प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २-० हराउँदै सताक्षी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।


उपाधिका लागि मच्छिन्द्रले रुस्लान थ्रीस्टार  क्लबको सामना गर्नेछ । आयोजकलाई हराउँदै थ्रीस्टार फाइनल प्रवेश गरेको हो । थ्रीस्टार लिगको अंक तालिकामा चौथो स्थानमा रहेको थियो । झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्रले आर्मीविरुद्ध दुई गोल गरेको थियो ।

खेलको सुरुवातदेखि नै मच्छिन्द्रले आर्मीलाई दबाबमा राखेको थियो । खेलको २१ औँ मिनेटमा विपक्षी गोल किप्पर बिट भएको मौकामा मच्छिन्द्रका रेजिन सुब्बाले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

त्यस्तै, खेलको ७४ औं मिनेटमा मच्छिन्द्रका विशाल राई ‘बि’ को प्रहार आर्मीका गोलरक्षकबाट फुस्किएको गोल विकास खवासले बचाउन खोज्दा आत्मघाती गोल भएको थियो ।

यसअघि खेलको छैटौँ मिनेटमा मच्छिन्द्रका विमल घर्ती मगरको २५ यार्ड टाढाको प्रहार आर्मीका गोल किप्पर विवश चौधरीले पञ्च गरेर बचाएका थिए । २४ औँ मिनेटमा मच्छिन्द्रका अडेलाजा सोमिडेले आर्मीका चारजना डिफेन्सबाट छक्याएर गरेको प्रहार पनि चौधरीले पञ्च गरेर बचाए । २६ औँ मिनेटमा पिटर सेगुनको प्रहार बार नजिकैबाट बाहिरियो । ३१ औँ मिनेटमा बिमल घर्ती मगरको प्रहार विफल भयो ।

त्यस्तै, खेलको पहिलो मिनेटमै आर्मीका जर्जप्रिन्स कार्कीको प्रहार बाहिरिएको थियो । नवौँ मिनेटमा सन्तोष तामाङले गरेको प्रहार मच्छिन्द्रका गोलरक्षक सूर्य अधिकारीले बचाएका थिए । २८ औँ मिनेटमा कार्कीकै फ्रिकिक प्रहार बारको निक्कै माथि आकाशिएको थियो ।

खेलको ५७ औँ मिनेटमा सन्तोष तामाङको फ्रिकिक गोल किप्पर अधिकारीले पञ्च गरेर बचाए । खेलको म्यान अफ दि म्याच मच्छिन्द्रका रेजिन सुब्बा भए । उनले नगल १० हजार रुपैयाँ प्राप्त गरे ।

सतासीधाम स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.